समाज


दुर्घटनाबारे अध्ययन गर्न विमान निर्माण कम्पनीको टोली पोखरामा

दुर्घटनाबारे अध्ययन गर्न विमान निर्माण कम्पनीको टोली पोखरामा

नेपालखबर
माघ ४, २०७९ बुधबार १५:८, पोखरा

यती एयरलाइन्सको एटीआर विमान दुर्घटनाको अध्ययन गर्न विमान निर्माता कम्पनीको टोली पोखरा आएको छ। 

नौ सदस्यीय टोलीले दुर्घटनाग्रस्त विमानको भग्नावषेशको अवलोकन गरेको छ।

टोलीले उडानमा संलग्न अधिकारीहरुसँग जानकारी लिने कार्यक्रम रहेको स्थानीय प्रशासनले जनाएको छ।

यती एयरलाइन्सको एटीआर ७२ जहाजको आइतबार भएको दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सबाट टोली नेपाल आएको हो।

दुर्घटनाको जानकारी ‘ब्यालक बक्स’को आधारमा हुन्छ। नेपालमा ब्ल्याक बक्स रिडिङ गर्ने मेसिन भने छैन। त्यसको अध्ययनको लागि फ्रान्स नै लैजानुपर्ने संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारीले बताए।

यसअघि आइतबार नै ट्विट गर्दै दुर्घटनाबारे जानकारी पाएको भन्दै अनुसन्धानमा सघाउने बताएको थियो। 

आइतबारको दुर्घटनामा ७२ यात्रु रहेका थिए। कम्तीमा ७१ जनाको मृत्यु पुष्टि भइसकेको छ भने पोस्टमार्टमपछि शव आफन्तलाई बुझाउन थालिएको छ। 

यता, नेपाल सरकारले पनि दुर्घटनाबारे अध्ययन गर्न एक जाँचबुझ टोली गठन गरेको छ। 

दुर्घटनाका कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिन अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरिएको हो। आयोगलाई ४५ दिनको समयावधि तोकिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad