ad ad

लुम्बिनी


लुम्बिनी : सभामुखमा माओवादीका घर्तीले गराए उम्मेदवारी दर्ता, उपसभामुखमा राप्रपाकी खाण

लुम्बिनी : सभामुखमा माओवादीका घर्तीले गराए उम्मेदवारी दर्ता, उपसभामुखमा राप्रपाकी खाण

नेपालखबर
माघ २, २०७९ सोमबार १६:०, देउखुरी

लुम्बिनी प्रदेश सभा सभामुखको लागि माओवादी केन्द्रका तुलाराम घर्तीले उम्मेदवारी दर्ता गरेका छन्।

एमालेका भूमिश्वर ढकाल प्रस्तावक र राप्रपाका आशिष चौधरी समर्थक भएर घर्तीको पक्षमा उम्मेदवारी दर्ता भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए। 

यस्तै, उपसभामुखको लागि राप्रपाकी मेनुका खाणको मनोनयन दर्ता भएको छ। खाणको प्रस्तावकमा माओवादीका सांसद इन्द्रजित थारु र समर्थकमा जनमत पार्टीका सांसद चन्द्रकेश गुप्ता रहेका छन्। 

यसैबीच सभामुखको लागि कांग्रेशका बसिउद्दिन खाँले उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन्। संसदीय दलका नेता र केही सांसदबीचको छलफलले खाँलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।

यद्यपी केन्द्रबाट नेताहरुको पनि फोन आइरहेकाले यो निर्णय कायम रहन वा नरहन पनि सक्ने एक सांसदले उल्लेख गरे। उपसभामुख भने अन्य साना दललाई दिन सक्ने उनले बताए। 

साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ। कांग्रेसको तर्फबाट भने अहिलेसम्म उम्मेदवारी दर्ता भएको छैन। सभामुख र उपसभामुखको लागि भोलि मंगलबार निर्वाचन हुँदैछ। 

एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा र जनमत पार्टी मिल्दा घर्तीलाई सभामुख र खाणलाई उपसभामुख हुन सहज छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .