ad ad

सुदूरपश्चिम


जहाज दुर्घटनामा परेका कञ्चनपुरका आमा-छोराको शव महेन्द्रनगर ल्याइने

जहाज दुर्घटनामा परेका कञ्चनपुरका आमा-छोराको शव महेन्द्रनगर ल्याइने

नेपालखबर
माघ २, २०७९ सोमबार १६:११, कंचनपुर

पोखरामा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा परेका कञ्चनपुरका आमा छोराको सनाखत भएको छ।

पारिवारिक स्रोतका अनुसार भीमदत्त नगरपालिका–४ की ५० वर्षीया सुष्मा भट्ट र  उनका छोरा १४ वर्षीय स्लोकको सोमबार दिउँसो सनाखत भएको हो।

उनीहरुको शव अहिले गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।

दाहसंस्कारका लागि शव महेन्द्रनगर ल्याउने परिवारले जनाएको छ। काठमाडौंबाट पोखरा घुम्न गइरहेका भट्ट आमा छोरा चढेको विमान आइतबार बिहान दुर्घटनामा परेको थियो।

मृतक सुष्मा र स्लोक महेन्द्रनगरका व्यवसायी संजिवचन्द्र भट्टका श्रीमती र कान्छा छोरा हुन्। व्यवसायी भट्ट केही दिन अघि मात्रै पोखरा गएका थिए।

महेन्द्रनगरका आमा-छोरा विमान दुर्घटनामा : ‘सास पाउने आश मरिसक्यो, लास मात्रै पाए पनि हुन्थ्यो’

सेती खोँचमा बिलाए कञ्चनपुरका आमा–छोरा, माघी मनाउन जाँदै थिए पोखरा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .