ad ad

लुम्बिनी


वडासदस्य बन्न नपाएकी लोकीकुमारीलाई प्रदेश सांसद बन्ने अवसर

यी हुन् लुम्बिनीमा कांग्रेसबाट समानुपातिक सांसद
वडासदस्य बन्न नपाएकी लोकीकुमारीलाई प्रदेश सांसद बन्ने अवसर

सुदीप भण्डारी
मंसिर २५, २०७९ आइतबार १८:१७, बुटवल

दाङको घोराहीकी लोकीकुमारी विक स्थानीय निर्वाचनमा वडामा उठेर वडा सदस्य बन्न चाहन्थिन्। तर गठबन्धनमा भागबण्डा मिलाउनुपर्दा उनलाई त्यो अवसर जुरेन।

लोकीकुमारी २०७४ सालमा पनि नेपाली कांग्रेसबाट वडा सदस्य थिइन्। घोराही उपमहानगरपालिका–५ बाट वडासदस्य जितेकी उनी जिल्ला समन्वय समितिको सदस्यसमेत निर्वाचित भइन्।

लोकीकुमारी यस पटक पनि वडा सदस्य हुन खोजेकी थिइन् तर पाइनन्।

तर, उनै लोककुमारी प्रदेश सभामा सांसद बन्ने अवसर पाएकी छन्।

कांग्रेसले लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरुको सिफारिस गरिसकेको छ। प्रदेश सभामा लोकीकुमारीसहित नौ महिला र एक पुरुष गरी १० जना छनौट भएका छन्।

लुम्बिनीको समानुपातिकतर्फ कांग्रेसबाट एक जना प्रदेश पदाधिकारी परेका छन्। कांग्रेस लुम्बिनीकी सहमहामन्त्री निमा गिरि समानुपातिक सांसदको रुपमा सिफारिस भएकी हुन्। प्युठानकी उनी नेविसंघको विश्वविद्यालय इकाइकी पूर्वउपसभापति पनि हुन्।

सहमहामन्त्री गिरि समानुपातिकमा समेटिँदा अर्का सहमहामन्त्री अर्घाखाँचीका विष्णु मुस्कान खनाल भने अटाउन सकेनन्। खनालको नाम खस आर्य समूहको दोस्रो नम्बरमा थियो। 

समानुपातिक तर्फ प्रदेश सभामा प्रवेश पाउने कांग्रेसका १० जना मध्ये १ जना मात्र पुरुष पर्न सक्थे। विभिन्न क्लष्टरमा परेका पुरुषहरुले प्रदेश सभामा आउन खोजे पनि अन्ततः थारु समुदायका देवीप्रसाद चौधरीले प्रवेश पाए। 

विगतमा फोरम लोकतान्त्रिकमा रहेका रुपन्देहीका चौधरी विजयकुमार गच्छेदारसँगै कांग्रेसमा आएका हुन्। 

नेपाल विद्यार्थी संघकी पूर्व केन्द्रीय सदस्य जमुना ढकाल पनि समानुपातिकमा परेकी छन्। रुपन्देहीकी ढकाल कांग्रेसको गत १४ औं महाधिवेसनमा केन्द्रीय सदस्यको उम्मेदवार बने पनि पराजित भएकी थिइन्। 

समानुपातिक सिफारिस भएकी बाँकेकी माया पुन नेविसंघकबाटै आएकी हुन्। गत अधिवेशनमा कांग्रेसको सहमहामन्त्रीको उम्मेदवार थिइन्। मालती सोडारी नेपाल महिला संघकी पूर्व केन्द्रीय सदस्य हुन्। उनी विगतमा दुवै संविधान सभाको चुनावमा बर्दियाबाट प्रत्यक्ष तर्फको उम्मेदवार थिइन्। 

यस्तै आदिबासी समुदायबाटै प्युठानकी धनलक्ष्मी श्रेष्ठ, थारु समुदायबाट, सन्जुकुमारी चौधरी, मधेशी तथा अल्पसंख्यक तर्फबाट सुशिला बादी, मुश्लिम कोटाबाट मिनाकुमारी बोहोरा सिद्दिकी पनि लुम्बिनी प्रदेश सभाको समानुपातिक सांसद सिफारिस भएका छन्। चौधरी, बादी र सिद्दिकी तीनैजना बाँकेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .