लुम्बिनी


एमालेमा २४ घण्टा पनि टिकेनन् केवट

एमालेमा २४ घण्टा पनि टिकेनन् केवट

नेपालखबर
भदौ २३, २०७९ बिहिबार १६:५३, बुटवल

बुधबार जसपा छोडेर एमाले प्रवेश गरेका रूपन्देही गैडहवा गाउँपालिकाका पूर्वअध्यक्ष बच्चुलाल केवट फेरि जसपामै फर्किएका छन्।

एमाले लुम्बिनी प्रदेश कमिटीको बैठकमा सचिव छविलाल विश्वकर्माले उनलाई पार्टीमा प्रवेश गराएका थिए।

बिहीबार केवटले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीभित्रको असन्तुष्टिले एमालेमा प्रवेश गरेको तर, आफ्नो गल्ती स्वीकार गर्दै जसपामै फर्किएको जनाएका छन् । 

‘मैले लिएको क्षणिक निर्णयका कारण मेरो पार्टीका कार्यकर्ता, शुभचिन्तक एवम पार्टी नेतृत्वमा पर्न गएको असरको लागि क्षमाप्राथी छु’ उनले भने  ‘यो बिचमा मैले मेरो शुभचिन्तक एवम पार्टी नेतृत्वले म प्रति देखाएको सदसयताका कारणले म पुनः घर (जसपा पार्टी) मै फर्किएको छु।’

उनले आफूले गलत निर्णय लिएको र यसबाट कार्यकर्ता तथा शुभचिन्तकमा पर्न गएको असरको लागि माफी मागेका छन्। उनले अबका दिनमा जसपामै सक्रिय भएर लाग्ने समेत प्रतिवद्धता जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad