ad ad

लुम्बिनी


पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष गुप्ताविरुद्ध पक्राउ पुर्जी जारी

पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष गुप्ताविरुद्ध पक्राउ पुर्जी जारी

सुदीप भण्डारी
भदौ २०, २०७९ सोमबार १२:५१, बुटवल

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

दुई जना भारतीय नागरिकलाई लागू औषध मुद्दामा फँसाएको आरोप लागेका बैजुलाई जिल्ला अदालत नवलपरासीले पक्राउ पुर्जी जारी गरेको हो। 

लागुऔषध मुद्दामा गुप्तालाई पक्राउ गर्न प्रहरीले अनुमती मागेकाले अदालतबाट अनुमती दिएको जिल्ला अदालत नवलपरासीका श्रेस्तेदार प्रेमप्रसाद पौडेलले बताए।

 ‘जरुरी पक्राउ अनुमतीको लागि माग आएको मा अदालतले अनुमती दिएको हो,’ उनले भने। 

असार २२ गते नवलपरासीको रामग्राम नगरपालिका १७ पिपरहियाबाट प्रहरीले भारत मोतिहारी घर भई भुमहीमा कवाडीको कारोबार गर्ने रामा गुप्ता र जीतेन्द्र पासवनलाई लागूऔषध ओसारपसार गरेको भन्दै पक्राउ गरेको थियो।

गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता र पक्राउ परेका रामा गुप्ताले साझेदारीमा कवाड व्यवसाय गर्दै आएका थिए।

व्यवसायबाट भएको नाफाको २० प्रतिशत रामा गुप्तालाई दिने सहमति बेवास्ता गर्दै गाउँपालिका अध्यक्ष गुप्ताले रकम दिन आलटाल गर्दै आएको रामाका आफन्तले बताएका छन्। 

दिनुपर्ने रकम हडप्नकै लागि गाउँपालिका अध्यक्षले बैजुले रामा र जितेन्द्रलार्ई  लागु औषध मुद्दामा फसाएको आरोप छ।  

थुनामा रहेका गुप्ताका परिवार, कांग्रेस र जनता समाजवादी पार्टीले केही दिन अघि परासीमा पत्रकार सम्मेलन गरी गाउंपालिका अध्यक्ष गुप्ताकै योजनामा  भुमहीमा बसेर कवाड व्यवसाय गर्दै आएका गुप्ता र पासवानलाई फसाएको दावी गरेका थिए।

स्थानीयले गाउंपालिका अध्यक्ष गुप्ता स्वयं लागु औषाधको कारोबारी भएका र उनले मान्छेहरु खटाएर लागु औषध कारोबार गर्दै आएकाले त्यस विषयमा उनीमाथि नै उच्चस्तरीय अनुसन्धान हुनुपर्ने माग गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .