लुम्बिनी


एमाले महासचिव पोखरेल दाङ-२ बाट एकल सिफारिस

एमाले महासचिव पोखरेल दाङ-२ बाट एकल सिफारिस

नेपालखबर
भदौ १९, २०७९ आइतबार १९:४९, बुटवल

नेकपा एमालेका महासचिव शंकर पोखरेल दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस भएका छन्। 

लुम्बिनीका पूर्वमुख्यमन्त्री समेत रहेका पोखरेलको नाम प्रत्यक्षतर्फ एकल रुपमा सिफारिस भएको हो। पोखरेले २०७४ सालको चुनावमा २ क बाट निर्वाचित भएर प्रदेशसभामा निर्वाचित भएका थिए।

पोखरेल साढे ३ वर्ष लुम्बिनीको मुख्यमन्त्री बनेका थिए।

दाङ क्षेत्र नम्बर १ मा ३ जनाको नाम सिफारिस भएको छ। प्रतिनिधि सभा सदस्यको लागि शान्ता चौधरी, गंगा चौधरी र रेवतीरमण शर्माको नाम सिफारिस भएको हो।

चौधरीद्वय अहिले पनि संघीय सांसद हुन् भने शर्मा प्रदेश सांसद हुन्।

क्षेत्र नम्बर ३ बाट पनि ३ जनाको नाम सिफारिस भएको छ। जस अनुसार एमाले उपाध्यक्ष युवराज ज्ञवालीको नाम पहिलो नम्बरमा सिफारिस भएको छ।

त्यस्तै, तुल्सीपुर उपमहानगरपालिकाका पूर्वमेयर घनश्याम पाण्डे र केन्द्रीय सदस्य तथा गायिका कोमल वली पनि सिफारिसमा परेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad