नेकपा एमाले अछामले अगामी प्रतिनिधि र प्रदेश सभा चुनावका लागि उम्मेदवार सिफारिस गरेको छ।
दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको अछाममा प्रतिनिधि र प्रदेश सभाको उम्मेदवारको सिफारिस गरिएको संगठन विभाग प्रमुख प्रकाश शाहले जानकारी दिए।
उनका अनुसार प्रतिनिधि सभा प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ मा एमाले नेता डा भीम बहादुर रावल र क्षेत्र २ मा यज्ञ बहादुर बोगटीको नाम सर्वसम्मत सिफारिस गरिएको छ।
०७४ सालको चुनावमा रावल अछाम १ बाट कांग्रेसका भरत कुमार स्वाँरलाई पराजित गर्दै २४ हजार ८९३ मत सहित विजयी भएका थिए। स्वाँरले १७ हजार ६८९ मत ल्याएका थिए।
क्षेत्र नम्बर २ बाट सिफारिसमा परेका बोगटीले ०७४ सालको चुनावमा कांग्रेसका पुष्पबहादुर शाहलाई पराजित गर्दै संसदको यात्रा तय गरेका थिए।
माओवादीको समर्थनमा एमालेबाट उम्मेदवार बनेका बोगटीले त्यस बेला २१ हजार ९६५ मत ल्याएका थिए भनेक कांग्रेसका शाहले १९ हजार १०६ मत ल्याएका थिए।
Shares
प्रतिक्रिया