नेपालगन्जमा करेन्ट लागेर आज बाबु र छोराको मृत्यु भएको छ।
नेपालगन्ज उपमहानगरपालिका–१७ का करिब ४० वर्षीय परसुराम कलवार र उनका छोरा २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय (बाँके) का प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा बाबु पर्शुरामलाई पनि करेन्ट लागेर गम्भीर घाइते भएका थिए।
नेपालगन्जस्थित नर्सिङ होममा उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो। शव परीक्षणका लागि भेरी अस्पताल लगिएको छ। रासस
96
Shares
प्रतिक्रिया