ad ad

लुम्बिनी


अस्पताल ठेक्का सम्बन्धमा प्रदेश सभाको लेखा समितिले बोलायो प्राधिकरण प्रमुखलाई

अस्पताल ठेक्का सम्बन्धमा प्रदेश सभाको लेखा समितिले बोलायो प्राधिकरण प्रमुखलाई

सुदीप भण्डारी
भदौ २, २०७९ बिहिबार ७:३९, बुटवल

लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणको ठेक्का प्रक्रियाका सम्बन्धमा प्रदेश सभाको लेखा समितिले प्रदेश पूर्वाधार प्राधिकरणका कार्यकारी प्रमुखलाई बोलाएको छ। लुम्बिनी प्रदेशसभाको सार्वजनिक लेखा समितिको बुधबार बसेको बैठकले प्राधिकरणका कार्यकारी प्रमुख छविराज पोखरेललाई सम्पूर्ण कागजात लिएर उपस्थित हुन निर्देशन दिएको हो। 

प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणको ठेक्का प्रक्रियामै करोडौंको आर्थिक चलखेल गरी निश्चित कम्पनीलाई मात्रै ठेक्का प्रक्रियामा सहभागी मिल्नेगरी टेन्डर आह्वान गरिएको भन्दै अदालतमा रिट दायर भएको छ। ठेक्का रोक्न अदालतमा रिटसमेत दायर भएका बेला लेखा समितिले प्राधिकरणका प्रमुखलाई बोलाएको हो।

एक साताभित्र ठेक्का प्रक्रियाका सम्पूर्ण कागजातसहित आफैं उपस्थित हुन प्राधिकरणका कार्यकारी प्रमुख पोखरेललाई निर्देशन दिइएको समितिका सभापती विष्णु पन्थीले बताए। 

यसैबीच समितिले बैंक तथा बित्तीय संस्थाहरूलाई उद्यम गर्न सर्वसाधारणलाई बिनाझन्झट ऋण प्रवाहको व्यवस्था मिलाउन आग्रह गरेको छ। बैंक तथा वित्तीय संस्थाहरूका लुम्बिनी प्रदेशस्तरीय कार्यालयका प्रमुखहरूसँगको छलफलमा  सभापति पन्थीले बैंकहरूले एक वर्षसम्म बिनानिर्णय फाइल अड्काउने गरेको गुनासो आएको बताए।

नेपाल राष्ट्र बैंक (भैरहवा) की निर्देशक रञ्जना पौडेलले राष्ट्र बैंकले सर्वसाधारणले जम्मा गरेको रकम जोखिम हुन नदिन नीतिगत कडाइ गरेको भए पनि सहलियतपूर्ण कर्जामा लक्षित वर्गमा हुने ऋण प्रवाह भने सहज बनाउन निर्देशन दिएको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .