ad ad

लुम्बिनी


बुटवलमा होटलभित्र धादिङका पुरुष र दाङकी महिला मृत भेटिए

बुटवलमा होटलभित्र धादिङका पुरुष र दाङकी महिला मृत भेटिए

बुटवलमा होटलभित्र मृत भेटिएका पुरुष (झुन्डिएको) र महिला


सुदीप भण्डारी
साउन ३१, २०७९ मंगलबार ९:४८, काठमाडौँ

बुटवलको एक होटलमा महिला र पुरुष मृत फेला परेका छन् मुख्य बजारबाट तिनाउ पारी फूलबारीचोकमा रहेको कारीकोट होटलको कोठामा दुई जना मृत फेला परेका हुन्।

होटलको कोठा नम्बर १३४ मा  धादिङको कुम्पुर घर भएका अन्दाजी ३५/३६ वर्षका सीताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा बुढाथोकी मृत फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए।

युवती पलगमा उत्तानो परेको अवस्थामा र पुरुष झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्।  

कोठाको तन्ना र टाबेलमा रगत पोतिएको प्रहरीले बताएको छ।  

महिलाको हत्या गरेर पुरुषले आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। आइतबार राती होटलमा बस्न आएका उनीहरू सोमबार बिहान मृत फेला परेका हुन्। आज पहिचान खुलेको हो। 

शव पोस्टमार्टका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ। आफन्त आएपछि आज शव बुझाइने प्रहरी निरिक्षक घिमिरेले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .