ad ad

लुम्बिनी


प्रचण्ड र माधव नेपाललाई ल्याएर वाम एकता हुँदैन : पोखरेल

प्रचण्ड र माधव नेपाललाई ल्याएर वाम एकता हुँदैन : पोखरेल

सुदीप भण्डारी
साउन २२, २०७९ आइतबार २०:५४, बुटवल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वाम एकताको लागि पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई पार्टीमा ल्याउने सम्भावना नभएको बताएका छन्।

एमालेविरुद्ध मोर्चाबन्दी गरेको भन्दै पोखरेलले ती दुई नेतालाई ल्याउने सम्भावना नभएको उल्लेख गरे।

एमाले जिल्ला कमिटी रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा पोखरेलले एमाले एक्लै चुनाव जित्न सक्षम रहेको दाबी गरे।

चौतर्फी घेराबन्दीका बीचमा एमालेले चुनावको सामना गरेर अगाडि आएको भन्दै पोखरेलले त्यस अनुसार रणनीति बनाउन कार्यकर्तालाई निर्देशन दिए।

उनले एमालेको मुख्य प्रतिस्पर्धा कांग्रेससँग नै रहेको उल्लेख गरे। अब एमालेले पार्टी प्रवेश र ‘घर फर्क अभियान’ थाल्नुपर्ने पोखरेलको भनाइ छ।

महासचिव पोखरेलले कांग्रेसले आंशिक गठबन्धन गरेको ठाउँमा एमालेको मत ३१ प्रतिशत, पूर्ण गठबन्धन गरेको ठाउँमा ४१ प्रतिशत, एक्लाएक्लै लडेको ठाउँमा एमालेको मत २६ प्रतिशत रहेकाले यो मतका आधारमा चुनाव जित्न सकिने तथ्यांकले देखाएको दाबी गरे।

उनले कतिपय जित्ने ठाउँ पनि एमालेले गुमाएको उल्लेख गर्दै त्यसका आन्तरिक कारण रहेको पनि बताए।

पोखरेलले जनतासँग साक्षात्कार नगरिकन चुनाव जित्न नसकिने भन्दै कार्यकर्तालाई यसमा सुधार गर्न र जनतासँगको साक्षात्कार बढाउन आग्रह गरे।

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका पोखरेलले आफ्नो पालामा नमूना बनेको लुम्बिनी प्रदेशमा सरकार फेरिएसँगै बेथिती मौलाएको टिप्पणी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .