ad ad

लुम्बिनी


बुटवल कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा

बुटवल कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा

सुदीप भण्डारी
असार २७, २०७९ सोमबार २०:५२, बुटवल

बुटवल उपमहानगरपालिका कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा भएको छ।

बुटवलमा सोमबार आयोजित एक कार्यक्रममा १२ वर्ष माथिका उमेर समूहको कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चितता उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो।

बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले पूर्ण खोप सुनिश्चित गर्नका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरि आज घोषणा गर्न सफल भएको बताए।

उनले तथ्यांक संकलकहरुलाई अभिमुखीकरण गरी खोप नलगाउने तथा छुट नागरिकहरुको तथ्यांक संकलन, जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा प्रचार प्रसार, छुट नागरिकहरुलाई खोप सेवा प्रदान, वडाबाट सर्वेक्षण, सबै वडाहरुको पूर्ण खोप घोषणा गरी दिगोपना सुनिश्चित गरिएको जानकारी दिए।

उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बुटवलमा रहेका १ लाख ९५ हजार ५६५ मध्ये १२ वर्ष माथि पूर्ण खोप लगाएका १ लाख ५७ हजार ३९३ जनालाई खोप लगाइएको जानकारी दिए।

उनले ९ हजार ८६५ जनालाई खोजेर र नगर बाहिरका २२ हजार ६६३ जनालाई खोप लगाइएको बताए।

कार्यक्रममा लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीलेस्वास्थ्य र शिक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए।

उनले कोभिड महामारी नियन्त्रणमा स्थानीय सरकारको भूमिका प्रशंसनीय रहेको भन्दै आगामी दिनमा प्रदेश सरकारले स्वास्थ्यका अधिकांश कार्यक्रम स्थानीय सरकारसँग सहकार्यमै सञ्चालन गर्ने जानकारी दिए।

केसीले प्रदेश सरकारको चुलो सुधार कार्यक्रम स्थानीय सरकारसँगको सहकार्यमा महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गर्ने तयारी गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .