साहित्य


ग्लोबल लिटरेचर फेस्टिभल सम्पन्न

ग्लोबल लिटरेचर फेस्टिभल सम्पन्न

नेपालखबर
फागुन १, २०८२ शुक्रबार १६:४८, काठमाडौँ

ग्लोबल लिटरेचर फेस्ट-२०२६ सम्पन्न भएको छ। साहित्य, संस्कृति र सिर्जनशीलताको अन्तर्राष्ट्रिय संवादलाई प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल कलेज अफ म्यानेजमेन्टअन्तर्गत द एड्भान्ट-ग्रेड लिटरेरी क्लबले फेस्टिभल आयोजना गरेको थियो। 

कार्यक्रममा विभिन्न सेसनअन्तर्गत साहित्यिक विचार-विमर्श एवं कविता वाचन गरिएको थियो। फेस्टिभलमा साहित्यकार खगेन्द्र संग्रौलाले ‘प्रेम र जीवन’ शीर्षकमा प्रवचन दिएका थिए। 

त्यस्तै, कवि नवराज लम्साल, कथाकार बिना थिङ तामाङ र पत्रकार तथा निबन्धकार दीपक सापकोटाले ‘रिल्स’को बढ्दो प्रभावबीच साहित्यको अर्थ, धैर्य र पुस्तान्तरणीय मूल्यबारे बहस गरेका थिए।  

फेस्टिभलमा ‘साहित्य साँझ’अन्तर्गत कविहरू श्रवण मुकारुङ, विप्लब प्रतीक, प्रभाती किरण, राधा कँडेल, रिमा केसी र देवव्रतले कविता सुनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad