साहित्य


सांग्रिला संवादमा जीवन-दर्शनमाथि कवि तुलसी दिवसको विमर्श

सांग्रिला संवादमा जीवन-दर्शनमाथि कवि तुलसी दिवसको विमर्श

नेपालखबर
साउन ११, २०८२ आइतबार १४:४७, काठमाडौँ

सांग्रिला लिटरेचर फेस्टिबलको पहिलो ‘सांग्रिला संवाद’ सम्पन्न भएको छ।

ललितपुरको झम्सिखेलमा शनिबार भएको संवादमा कवि तुलसी दिवस र रमेश क्षितिजले कविता लेखन र जीवन-दर्शनमाथि विमर्श गरेका थिए।

दिवसको पठन, लेखन र संस्कृतिमाथिको योगदानबारे क्षितिजले प्रकाश पारेका थिए। दिवस र क्षितिजको संवादपछिको दोस्रो सत्र कविता वाचनमा १२ कविहरूले आफ्ना कविता सुनाएका थिए। 

कविहरू अविनाश श्रेष्ठ, शैलेन्द्र साकार, श्रवण मुकारुङ, दीपक सापकोटा, गीता त्रिपाठी, ज्योति जंगल, बिमला तुम्खेवा, शकुन्तला जोशी, बिना थिङ तामाङ, अभय श्रेष्ठ, टंक उप्रेती र सविता गौतम दाहालले कविताको भव्य र सुन्दर काव्यिक माहोल सिर्जना गरे। कविहरूले कवितामा जीवन, चिन्तन र स्मृतिहरूका कविता लेखेका थिए। 


कवि दीपक सापकोटाको ‘फ्रेमबाट निस्किएकी हजुरआमा,’ श्रवण मुकारूङको ‘हुमानसिं भुजेलको भैंसी-प्रेम’, बिमला तुम्खेवाको ‘सार्वजनिक बसमा एक दिन’,  सबिता गौतम दाहालको ‘बा“च्नेहरूले’, शकुन्तला जोशीको ‘बरको बोट’ कविताहरूले दर्शक-स्रोता मन्त्रमुग्ध बने।  

फेस्टिबल निर्देशक केन सुवेदीले भने, ‘विभिन्न संस्थाको सामूहिक पहलमा मासिक रुपमा संवाद आयोजना गरिने छ। सांग्रिला संवाद साहित्यिक गतिविधि, किताब विमोचन, पुस्तक चर्चा, बहस गर्ने एक साझा चौतारी हुनेछ।’ केनका अनुसार, सांग्रिला संवादको अर्को शृंखला भदौमा आयोजना हुनेछ। 

कार्यक्रम समापनमा फेस्टिबलका अध्यक्ष आर्यक बरालले कार्यक्रम मासिक रुपमा नियमित हुने र त्यसमा साहित्यकारको हौसला आवश्यक रहने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad