नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कार्वाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई दिएकी छन्। पोखराको जग्गाको घुस डिल प्रकरणमा मुछिएकी श्रेष्ठले बास्तोलालाई कार्यवाहकको जिम्मेवारी दिएकी हुन्।
'मैले काबा दिएको छु। कुरा यही हो,' उनले नेपालखबरसँग भनिन्। अध्यक्ष रञ्जिता श्रेष्ठ पोखराको लिचीबारी जग्गासम्बन्धी घुस डिल प्रकरणमा जोडिएकी छन्। उनी केही दिनअघि मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्वर परीक्षणका लागि पुगेकी थिइन्।
सार्वजनिक अडियोमा रञ्जिताले घुस माग्दै गरेको सुन्न सकिन्छ।
नाउपाको विधानले अध्यक्षले कार्यवाहक तोक्न मिल्ने अधिकार दिएकोले सोहीअनुसार बास्तोलाई जिम्मा दिएको उनको भनाइ छ।
लिचीबारी प्रकरण: एमालेको भुईँदेखि शीर्ष तहसम्मै हलचल, छानबिन भए गर्जिन सक्छ पहरो
लिचीबारी प्रकरण: बलरामलाई बर्खास्त गर्न कास्की एमालेको माग, सुजनको सदस्यता खोसियो
1.2k
Shares

प्रतिक्रिया