साहित्य


भूराजनीतिक आयाम केलाइएको ढकालको पुस्तक ‘कन्टोर्स अफ चेन्ज इन नेपाल’, अर्को हप्ता आउँदैछ बजारमा

भूराजनीतिक आयाम केलाइएको ढकालको पुस्तक ‘कन्टोर्स अफ चेन्ज इन नेपाल’, अर्को हप्ता आउँदैछ बजारमा

नेपालखबर
बैशाख ३१, २०८२ बुधबार १७:५५, काठमाडौँ

लेखक टीका ढकालको ‘कन्टोर्स अफ चेन्ज इन नेपाल’ (नेपालमा परिवर्तनका रेखाहरू) नामक पुस्तक बजारमा आउने भएको छ।

अंग्रेजी भाषामा रहेको उक्त पुस्तक आगामी हप्ता सार्वजनिक हुनेछ।

उपशीर्षक ‘पावर, पोलिटिक्स एन्ड प्याराडक्स’ रहेको उक्त पुस्तकमा नेपालको संविधान निर्माण वरपरका घटनाक्रमदेखि अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), नेपाल-भारत सम्बन्ध, भूराजनीतिक आयाम, नेपालको क्षेत्रीय कूटनीति तथा संक्रमणकालीन न्याय प्रक्रियाका विविध पक्षमा चर्चा गरिएको लेखक ढकाल बताउँछन्।

जस्तो, पुस्तकमा समेटिएको संविधान निर्माण वरपरका घटनाक्रमबारे खुलस्त पार्दै ढकाल भन्छन्, ‘पहिलो अध्यायमै संविधान निर्माणताका घटित विषयवस्तु जोडिएका छन्। वान डिकेड टु सेभेन पोइन्ट (एक दशकमा दुई सात बुँदे) शीर्षकको लेखमा संविधान निर्माणका लागि भनेर सुशील कोइराला र झलनाथ खनालद्वारा हस्तक्षरित सात बुँदे र अहिले संविधान संशोधन गर्न भनेर केपी ओली र शेबरहादुर देउवाबीच गरिएको सात बुँदेका विषयमा चर्चा गरिएको छ।’

पात्र लगभग उनै घरी संविधान बनाउने नाममा त घरी संशोधनका नाममा बुँदाहरूमा हस्ताक्षर गरिन्छ। तर, ती तानातानमा कसरी रुमल्लिन्छन् भने विश्लेषण गरिएको उनी बताउँछन्।

त्यस्तै, नेपाल-भारत सम्बन्धका बारेमा ढकाल प्रस्ट्याउँछन्, ‘भारतमा नरेन्द्र मोदीको उदय नेपालका लागि आइडियोलोजिकल राइज हो, वैचारिक पानीढलो हो। जसलाई मैले गुजराल मुभमेन्ट भनेको छु।’

ढकाल अगाडि थप्छन्, ‘यिनै मोदी २०७१ सालमा नेपाल आउँदा भारतप्रति नेपालीको सद्भावमा कसरी विकसित भयो। तर, लगत्तै संविधान निर्माणका क्रममा कसरी बिग्रियो र त्यो बिग्रेको सम्बन्धलाई सुधार्न यी ८/१० वर्षका बीचमा कस्ता प्रयास गरिँदैछन् भन्ने पनि पुस्तकमा विश्लेषण गरिएको छ।’

७२ सालको विनासकारी भूकम्प, विनाससँगैको सहकार्यले संविधान निर्माणमा ल्याएको सकारात्मक कदम, संविधान निर्माणपछि अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया, नेपालमा चाहिँ पक्ष र विपक्षमा देखिएको दुई चिरा,  भूकम्पबाट भत्किएका संरचनाको पुनर्निर्माण जस्ता सामाजिक तथा आर्थिक आयाम लगायतका विषयवस्तु पुस्तकमा समेटिएका छन्।

अठार अध्याय रहेको पुस्तकमा केही लेख यसअघि नै विभिन्न माध्यममा प्रकाशित भएका हुन् भने केही नयाँ समेटिएका छन्।

अल्केमी प्रकाशनले बजारमा ल्याउन लागेको पुस्तकले नेपालको निकट इतिहासका घटनाक्रमलाई दस्तावेजसहित अभिलेखीकरण गरेको लेखकको भनाइ छ। विश्लेषणसहित प्रस्तुत गरिएका सामग्रीले नेपालको बारेमा अध्ययन गर्न चाहने जोकोहीलाई संग्रहणीय सन्दर्भ सामग्री बन्न सक्ने विश्वास उनको छ।

लेखक ढकालले राजनीतिशास्त्रमा विद्यावारिधि गरेका छन्। उनले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको विज्ञ सल्लाहकारका रूपमा समेत भूमिका निभाइसकेका छन्। सल्लाहकारको रूपमा उनले तीन वर्ष बिताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad