हान्ने गोरुँझै थान थापेर हिँड्छ
घरीघरी विज्ञताको बिल्ला भिर्छ
शक्तिसँग टाँसिँदा सनक्क फिर्छ।
कसैले नबोलाई सरासर मञ्चमा पुग्छ
पदबाट बाहिरिने बित्तिकै चाउरेर सुक्छ
कहिले यता पुग्छ कहिले उता पुग्छ
चुनावी घर ठड्याएर उम्मेदवारमा उठ्छ
पुरुषार्थी भएर बकम्फुसे गफ चुट्छ।
भजन गरेर चाकरीका मन्त्रहरू जप्छ
कहिलेकाहीँ ऊ दुखे पनि लात्ती खप्छ
मौका हेरी नजिकिएर शक्तिसँग जोडिन्छ
कहिले तोड्याङ परेर अर्कैतिर मोडिन्छ।
स्वार्थको लागि बेच्दछ निष्ठा
देखियो साह्रै अनैतिक भ्रष्टा
सत्ताको चुलो पदको भान्सो
पचाउँछ लाज अनले कान्छो
Shares

प्रतिक्रिया