ग्लोबल


बंगलादेशमा बलात्कृत ८ वर्षीया बालिकाको मृत्यु भएपछि चर्कियो विरोध

दिदीका श्रीमान्, सासू, ससुरा र देवर पक्राउ, आक्रोशित भीडले जलाइदियो घर
बंगलादेशमा बलात्कृत ८ वर्षीया बालिकाको मृत्यु भएपछि चर्कियो विरोध

बालिकाको मृत्युपछि न्याय माग गर्दै आन्दोलन चर्किएको छ।


नेपालखबर
चैत १, २०८१ शुक्रबार १५:४१, काठमाडौँ

बंगलादेशमा बलात्कृत ८ वर्षीया बालिकाको मृत्यु भएपछि देशभर चर्को विरोध सुरु भएको छ।

बीबीसीका अनुसार बलात्कृत बालिकाको बिहीबार मृत्यु भएको हो।

बालिकाकी आमाले दिएको जाहेरीअनुसार मागुरा सहरस्थित आफ्नी जेठी दिदीको घर गएकी बालिकालाई मार्च ५ राति बलात्कार गरिएको हो।

प्रहरीले बालिकाकी ती दिदीका श्रीमान्, ससुरा, सासू र देवरलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

बिहीबार राति बालिकाको मृत्युको खबर सुनेपछि आक्रोशित भीड घटना भएको ठाउँ पुगेर घरमा आगो लगाइदिएको छ।

बालिकालाई मार्च ८ तारिख अस्पताल भर्ना गरिएको थियो। 

त्यसपछि राजधानी ढाकाको संयुक्त सैन्य अस्पतालमा लगिएकी उनकी बालिकाको बिहीबार मृत्यु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad