इतिहासकार पुरुषोत्तम शमशेर राणाको आज निधन भएको छ।
ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा राणाको ९९ वर्षको उमेरमा निधन भएको उनकी बुहारी भगवती राणाले जानकारी दिइन्।
उनका अनुसार राणालाई रक्तचाप कम भएपछि अस्पतालमा भर्ना गरिएको थियो।
विसं १९८२ चैत १५ गते चारबुर्जा दरबार अर्थात् हाल निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवनमा उनी उनी रुद्रशमशेरका नाति र ईश्वरशमशेरका छोराका रूपमा जन्मिएका थिए।
तत्कालीन जहानिया शासनको प्रतिबन्धका कारण उनले पाल्पा दरबारमै अध्ययन गरी भारतको युपी बोर्डबाट एसएलसी उत्तीर्ण गरेका थिए।
उच्च शिक्षा हासिल गर्ने क्रममा भारतको वाराणसीस्थित जयनारायण कलेजबाट इन्टर–मिडियट उत्तीर्ण गरेका राणा वनारस हिन्दू विश्वविद्यालयमा बीकम पढ्ने क्रममा क्रान्तिमा लागेका थिए। उनले राणाकालीन प्रमुख ऐतिहासिक दरबारसम्बन्धी श्री ३ राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू, लुकेछिपेका प्रतिभाहरू, मेरा जीवनका स्मृतिहरूलगायत पुस्तक लेखेका छन्।रासस
Shares

प्रतिक्रिया