शरीरको कुनै अंग तातो वा चिसोमा पर्यो भने हामी तुरुन्त हात किन झिक्छौँ? चोटपटक लाग्यो भने पीडा महसुस गरेर किन रुन्छौँ? खुसी हुँदा मज्जाले किन हास्छौँ?
यसको कारण हो, हाम्रो मस्तिष्क।
८६ अर्ब न्युरोनहरूबाट बनेको मस्तिष्कले हामीले गर्ने सबै गतिविधि र स्वचालित श्वासप्रश्वासलाई समेत नियन्त्रणमा राख्छ।
अझ भनौँ, मस्तिष्कको आदेशमा मात्र शरीरको गतिविधि चल्छ। शरीरका सबै जैविक प्रक्रिया नियन्त्रित र सन्तुलित राख्ने काम स्नायु प्रणालीको हो। यसको मूल एकाइ कोषलाई स्नायु कोष वा न्युरोन भनिन्छ।
शरीरका अंगहरूलाई नियन्त्रण गर्ने क्षमताका कारण मानव मस्तिष्कलाई प्रधान अंग पनि भनिन्छ। आठ वटा अत्यन्त कडा हाडहरूको बीचमा रहेको एउटा सानो खोपीमा हाम्रो मस्तिष्क सुरक्षित हुन्छ।
मस्तिष्कले गर्नुपर्ने सबै काम रोकिन्छ। र, मुख, हात तथा खुट्टा बाङ्गो हुने, रिँगटा लाग्ने, टाउकोे दुख्ने, धमिलो देख्ने, बोल्न र हिँड्न समस्या हुने जस्ता समस्या देखिन्छ।

लक्षण देखिएको ४ देखि ५ घण्टामा अस्पताल पुग्न सकेमा शल्यक्रिया र औषधिको सहायताले उपचार गरिन्छ। तर ५ घण्टाभन्दा ढिलो पुगेमा रगतको नसाबाट पाइप छिराएर ‘थम्बेक्टोमी’ गरेर उपचार गरिन्छ।
बिरामीलाई लक्षण देखिएको १६ देखि १८ घण्टाभित्र अस्पताल ल्याउने सकेमा आधा प्यारालाइसिस भइसकेको छ भने पनि निको हुन्छ।
५ घण्टाभन्दा ढिलो भएमा र १६ देखि १८ घण्टासम्म आइपुगेमा न्युरो इन्टरभेन्सन प्रविधिबाट उपचार गरिन्छ। यो खर्चिलो उपचार विधि हो।
चिकित्सकका अनुसार सामान्यतयाः मस्तिष्काघात दुई किसिमको हुन्छ। एउटा स्केमिक स्ट्रोक र अर्को हेमोरेजिक स्ट्रोक।
मस्तिष्कको नसा बन्द भई रक्तसञ्चार एक्कासि बन्द हुनुलाई स्केमिक स्ट्रोक भनिन्छ। यस्तोमा मस्तिष्कले अक्सिजन र पोषण रगतबाट पाउँदैन। यी दुईबिना मस्तिष्कको कोष विस्तारै मर्दै जान्छन्।
त्यस्तै, मस्तिष्कमा एक्कासि नसा फुटेर रगत प्रवाह हुनुलाई हेमोरेजिक स्ट्रोक भनिन्छ। बगेको अत्यधिक रगतले दिमागका तन्तुहरूलाई दबाब दिई क्षति पुर्याउँछ।
चिकित्सकका अनुसार यी दुई मस्तिष्काघातमध्ये धेरैलाई स्केमिक स्ट्रोक हुने गरेको छ।
मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वहरूको कमी हुनाले ब्लड भेसल्स अर्थात रक्त बाहिकाहरूका बीचमा रगत जमेर फुट्दा पनि मस्तिष्कघात हुन्छ। जसलाई चिकित्सकीय भाषामा ‘हेमोरेजिक स्ट्रोक’ भनिन्छ।
हेमोरेजिक स्ट्रोकका कारण मस्तिष्कका मांशंपेशीहरू नष्ट हुन थाल्छन्। जसका कारण मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ। समयमा उपचार भएन भने मस्तिष्क सधैँका लागि ड्यामेज हुनसक्छ। र, मानिसको मृत्यु पनि हुन सक्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक ४० सेकेन्डमा १ जनालाई मस्तिष्काघात हुन्छ।
मस्तिष्कको नसा फुटेर र मस्तिष्कको कोषमा रगत नपुगेर हुने मस्तिष्काघात अस्वस्थ जीवनशैली, उच्चरक्तचाप, मधुमेहको समस्या, धुम्रपान, मद्यपान सेवनका कारण हुने चिकित्सकहरू बताउँछन्। मस्तिष्काघात महिलाको तुलनामा पुरुषमा बढी देखिने गरेको छ।
मस्तिष्कघात किन हुन्छ? कसरी उपचार हुन्छ? भन्ने विषयमा स्नायुरोग विशेषज्ञ डा बाबुराम पोखरेलको भिडिओ ब्रिफिङ :

प्रतिक्रिया