जीवनशैली


शरीरको ‘इन्जिन’ पेटले कसरी पचाउँछ खानेकुरा (भिडिओ)


प्रज्ञा तिम्सिना
फागुन ३० , काठमाडौँ

हामीले प्रत्येक दिन खाएको खानाले शरीरलाई ऊर्जा, प्रोटिन, भिटामिन र अन्य पोषक तत्त्व कसरी दिन्छ होला? 

चिकित्सकका अनुसार यो काम हाम्रो पाचन प्रणालीले गर्छ। जसलाई हामी बोलीचालीको भाषामा ‘पेट’ भन्छौँ। 

पेट शरीरको यस्तो अंग हो, जसका बारेमा हामी कि बढी भोक लाग्दा सोच्छौँ, कि पेट टन्न हुँदा। पेटको सम्पूर्ण भागले पाचन प्रणालीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन्। 

पेटरोग विशेषज्ञ डा जेएन पाण्डेका अनुसार पाचन प्रक्रिया मुखबाटै सुरु हुन्छ। यसमा मुख्य भूमिका हुन्छ दाँतको। दाँतले खानेकुरा टुक्रा बनाउँछ। खानेकुरा टुक्रा भइरहँदा मुखमा पाचन रस आउँछ। मुखको वरिपरि हुने र्‍यालले खानालाई नरम बनाउँछ। र्‍यालमा हुने इन्जाइमले कार्बोहाइड्रेटलाई पचाउन सुरु गरिसकेको हुन्छ। भोजन नली मार्फत खाना निल्नेबित्तिकै यो एउटा लामो नली हुँदै पेटमा पुग्छ। 

डा पाण्डेका अनुसार खाना निल्न मुखमा आउने थुकको पनि निकै ठूलो भूमिका हुन्छ। थुकले  नै खाना निल्न सहयोग गर्छ। 

खाना पेटमा पुगेपछि तत्काल पाचन भने हुँदैन। खानेकुरा एकदेखि डेढ घण्टासम्म पेटमै रहन्छ। खानेकुरा टुक्रिन वा घुल्न पनि पेटमा अम्ल (पाचन रस) पैदा हुन्छ। 

पेटको मांसपेशी र रसले खानेकुरालाई राम्ररी घुल्न सघाउँछन्। यो प्रक्रियालाई चिकित्सकीय भाषामा ‘क्राइन’ भनिन्छ।

पेटमा हुने एसिड र इन्जाइमले कडा हाइड्रोक्लोरिक एसिड र पेप्सिन जस्ता इन्जाइमहरू निकाल्छ। यसले खानामा भएका हानिकारक कीटाणु मार्छ र प्रोटिनलाई पचाउन मद्दत गर्छ।

पेटबाट निस्किएको झोल सानो आन्द्रामा पुग्छ। सानो आन्द्रा पाचन प्रक्रियाको सबैभन्दा महत्त्वपूर्ण ठाउँ हो। यहाँ कलेजोबाट आएको पित्त र प्यान्क्रियाजबाट आएका रसहरू मिसिन्छन्। खानामा भएका भिटामिन, खनिज र पोषक तत्वहरू यहीँबाट रगतमा जान्छन्। 

खाना पचाउन २४ देखि ७२ घण्टाको समय लाग्छ। साथै कुनै पनि खाना पचाउन व्यक्तिको मेटाबोलिजम र पाचनसम्बन्धी स्वास्थ्यमा भर पर्छ। यदि कसैलाई पाचनसम्बन्धी समस्या छ भने खाना पचाउन धेरै समय लाग्न सक्छ। पेटमा रहेका तन्तुहरुले हामीले कस्तो खाना खान्छौँ, त्यो अनुसारको रस निकाल्छ। त्यही रसबाट नै शरीरलाई आवश्यक पर्ने प्रोटिन, काब्रोहाइडेट, मिनरल जस्ता पौष्टिक तत्व शरीरले पाउँछ। 

डा जेएन पाण्डे

पाचन प्रणाली भनेको के हो? यसले कसरी काम गर्छ भन्ने विषयमा पेटरोग विशेषज्ञ डा जेएन पाण्डेको भिडिओ ब्रिफिङ :

फागुन ३०, २०८२ शनिबार ७:२०

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad