ad ad

जीवनशैली


९३ वर्षको उमेरमा रुपर्ट मर्डोकले गरे पाँचौँ विवाह

९३ वर्षको उमेरमा रुपर्ट मर्डोकले गरे पाँचौँ विवाह

नेपालखबर
जेठ २१, २०८१ सोमबार १३:३०,

मिडिया क्षेत्रका बादशाह रुपर्ट मर्डोकले ९३ वर्षको उमेरमा पाँचौँ पटक बिहे गरेका छन्। उनकी नयाँ पत्नी उनीभन्दा २६ वर्ष कान्छी छन्।

मर्डोकले अवकाशप्राप्त मलिक्युलर बायोलोजिस्ट एलेना जुकोवासँग विवाह गरेका हुन्। ६७ वर्षीया जुकोवा रुसमा जन्मेकी थिइन्।

शनिबार क्यालिफोर्नियामा उनीहरुको विवाह भएको थियो।

मर्डोकले हालै आफ्ना कम्पनीको बागडोर जेठा छोरा लक्लनलाई सुम्पेका थिए। उनले फक्स र न्युज कर्पको जिम्मा छोरालाई दिएका हुन्।

जुकोवासँग मर्डोकले गत बर्खादेखि डेटिङ गरिरहेका थिए। उनी परोपकारीका रुपमा नाम कमाएकी दासा जुकोवाकी आमा हुन्। दासाले रुसी अर्बपति रोमन अब्रामोभिचसँग विवाह गरेकी थिइन्। तर, उनीहरुको सम्बन्धविच्छेद भएको थियो।

अस्ट्रेलियामा जन्मेका मर्डोकका तीन पूर्वपत्नीबाट ६ सन्तान छन्।

२०२२ मा जेरी हलसँग सम्बन्धविच्छेदपछि उनले एन लेस्ली स्मिथसँग ‘इन्गेजमेन्ट’ गरेका थिए। हल मिक ज्यागरकी पूर्वपत्नी हुन्।

तर, दुई सातामै स्मिथसँग उनको इन्गेजमेन्ट तोडिएको थियो।

जुकोवालाई उनले अगस्टमा आफ्नी तेस्री पत्नी वेन्डी देङको माध्यमबाट भेटेका थिए। उनी युनिभर्सिटी अफ क्यालिफोर्निया, लस एन्जलसमा डायबिटिजबारे अध्ययरत थिइन्।

सोभियत संघका अन्तिम दिनहरुमा उनी रुसबाट अमेरिका सरेकी हुन्। उनका पूर्वपति अलेक्जेन्डर जुकोव त्यसपछि अर्बपति बने। जो अहिले बेलायती नागरिकका रुपमा लन्डनमा बस्छन्।

आफ्नो मिडिया साम्राज्यका दैनिक गतिविधिबाट पछि हटे पनि मर्डोकलाई अझै त्यो साम्राज्यको मालिककै रुपमा हेर्ने गरिन्छ। एजेन्सी 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .