ad ad

जीवनशैली


शरीरमा कसरी हुन्छ पत्थरी?

शरीरमा कसरी हुन्छ पत्थरी?

डा. सञ्जय खड्गी
बैशाख १०, २०८० आइतबार १८:३६, काठमाडौँ

शरीरका विभिन्न भागमा पत्थरी (स्टोन) हुने आम समस्या बनिसकेको छ। अस्पतालमा सबै भन्दा बढी मिर्गौलामा पत्थरी भएका बिरामीहरु आउँछन्। 

उनीहरुले सोध्ने पहिलो प्रश्न भनेकै शरीरमा पत्थरी वा स्टोन कसरी बन्छ भन्ने हुन्छ। 

मिर्गौलाले धेरै काम गर्छ। त्यो मध्ये एउटा महत्वपूर्ण काम भनेको शरीरको फोहोर चिज शरीर बाहिर फाल्ने हो। त्यही फोहोर फाल्ने क्रममा क्याल्सियम, ननक्याल्सियम धेरै हुन्छ जुन मिर्गौलामा गएर स्टोन बन्दै जाने हो। 

पत्थरी हुने ८० प्रतिशत कारण भनेको शरीरमा भएका केमिकलहरु अनियन्त्रित हुनु हो। बाँकी रहेको २० प्रतिशत भने खानपान र दैनिकीले गर्दा हुन्छ। 

बदलिँदो जीवनशैलीका कारण पनि मिर्गौलामा पत्थरीको समस्या बढ्दै गइरहेको छ। प्रोटिन खाना बढी खाने, धेरै नुन खाने, धेरै गर्मी हुने ठाउँमा बस्ने व्यक्तिलाई पानीको कमी भइ मिर्गौलामा पत्थरी हुन सक्छ। 

दिउँसोभरी कुर्सीमा बसेर काम गर्ने व्यक्ति, व्यायाम कम गर्ने र जसको बुबा आमालाई पत्थरी भएको छ छोरा छोरीलाई पनि हुने सम्भावना हुन सक्छ। 

मिर्गौला वा अन्य कुनै भागमा पत्थरी हुँदा हामीमध्ये अधिकांश रोग पालेरै बस्छौँ जब दुःख दिन थाल्छ तब मात्र अस्पताल जान्छौँ तर त्यो सही होइन। किनभने पत्थरीको समयमा उपचार गरिएन भने जटिल समस्या पनि निम्त्याउन सक्छ। 

पाकिस्तानको डाटा हेर्दा मिर्गौला फेल हुने पहिलो कारण मिर्गौला पत्थरी हो। नेपालमा पनि यही सुनेको छु, त्यसैले यस्तो जोखिमबाट बच्नका लागि समयमै उपचार गर्नु पर्छ।

लक्षण 
मिर्गौला दायाँ र बायाँ गरेर दुईवटा हुन्छ। मिर्गौलामा पत्थरी हुँदा सबैमा लक्षण देखिन्छ भन्ने हुँदैन। कतिपय बिरामी पत्थरी भएर मिर्गौला बिग्रिसक्दा पनि थाहा हुँदैन।

पत्थरी हुँदैमा लक्षण देखिनपर्छ भन्ने हुँदैन। 

  • छिटो छिटो पिसाब लाग्ने
  • दायाँ बायाँ कोखा दुख्नु
  • मिर्गौलामा भारीपन आउने
  • मिर्गौला सुनिने
  • ज्वरो आउने
  • बान्ता आउला जस्तो हुने
  • जोर्नी दुख्ने
  • पिसाबमा रगत र इन्फेक्सन देखिने

यस्ता लक्षण देखिनासाथ सामान्य अल्ट्रासाउण्ड वा सिटीस्क्यान गर्दा पनि पत्थरी भएको भेटिन्छ। 

मिर्गौला पत्थरीको सानैमा उपचार गरियो भने मिर्गौला फेल हुने सम्भावना हुँदैन। अहिले पत्थरी निकाले पनि पाँच वर्षपछि फेरि आउन सक्ने सम्भावना ५० प्रतिशत हुन्छ। 

बच्ने उपाय
मिर्गौलाको पत्थरी एकै पटक ठूलो हुने होइन। सानो सानो कणहरु मिलेर एक दुई वर्षमा ठूलो हुने हो। 

त्यो पत्थरीलाई ठूलो हुन नदिनको लागि प्रशस्त पानी पिउने गर्नुपर्दछ। दिनमा दुई लिटर पिसाब हुने गरि पानी पिउनु पर्छ। 

दुई लिटर पिसाब हुनु भनेको मिर्गौला राम्रोसँग फल्स हुनु हो। जसले गर्दा सानो कणहरु बस्न दिँदैन। 

(कन्सल्ट्यान्ट युरोलोजिस्ट डा. सञ्जय खड्गीसँगको कुराकानीमा आधारित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .