ad ad

कारोबार


नयाँ स्टकमा तीन र कमोडिटीमा चार कम्पनीको आवेदन

नयाँ स्टकमा तीन र कमोडिटीमा चार कम्पनीको आवेदन

नेपालखबर
बैशाख १०, २०८० आइतबार १८:४१, काठमाडौँ

नयाँ स्टक सञ्चालनको लागि तीन कम्पनीले लाइसेन्स माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएका छन्।

नयाँ स्टकको लागि हिमालय स्टक एक्सचेञ्ज, नेशनल स्टक एक्सचेञ्ज, अन्नपूर्ण स्टक एक्सचेञ्ज नामबाट आवेदन परेको छ। 

यता, वस्तु विनिमय बजार (कमोडिटी) सञ्चालनको लागि चार कम्पनीले आवेदन दिएका छन्। 

बोर्डमा नेपाल मल्टि कमोडिटि एक्सचेञ्ज, हिमालयन कमोडिटि एन्ड डेरिभेटिभ एक्सचेञ्ज, मल्टि एसेट्स एन्ड डेरिभेटिभ एक्सचेञ्ज, मल्टि डेरिभेटिभ एक्सचेञ्ज नामबाट आवेदन परेको छ। 

बोर्डले नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार सञ्चालनको लागि दोस्रो सूचना २०७९ चैत ३० गते आह्वान गरेको थियो। 

आज (वैशाख १० गते) आवेदन दिन अन्तिम समयमा नयाँ स्टकको लागि ३ र वस्तु विनिमयको लागि ४ कम्पनीको आवेदन परेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .