कोशी


​कोसी प्रदेशमा सञ्चार प्रतिष्ठान गठन, अध्यक्षमा दाहाल र रजिष्ट्रारमा भट्टराई नियुक्त

​कोसी प्रदेशमा सञ्चार प्रतिष्ठान गठन, अध्यक्षमा दाहाल र रजिष्ट्रारमा भट्टराई नियुक्त

नेपालखबर
असार २९, २०८३ सोमबार १९:७, ​विराटनगर

कोसी प्रदेश सरकारले ‘प्रदेश सञ्चार प्रतिष्ठान’ गठन गरेको छ। कोसी प्रदेश सरकारको आज बसेको बैठकले प्रतिष्ठानको अध्यक्ष, रजिस्ट्रार र सदस्यहरू नियुक्त गरेको छ। सरकारको निर्णय अनुसार, प्रतिष्ठानको अध्यक्षमा मोरङका पत्रकार दीपक दाहाल नियुक्त भएका छन्।

यसैगरी, प्रतिष्ठानको प्रदेश प्रेस रजिष्ट्रार पदमा सुनसरीका पत्रकार लीलाराज भट्टराईलाई नियुक्त गरिएको छ।

​गठित प्रतिष्ठानको सदस्यहरूमा पत्रकारिता क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूलाई चयन गरिएको छ। सदस्यहरूमा शान्ति दाहाल (मोरङ), रमेशचन्द्र अधिकारी (धनकुटा), माला पालुङ्वा (ताप्लेजुङ), रेणु पराजुली (उदयपुर), विष्णुप्रसाद पोखरेल (झापा), अर्जुन राजबंशी (झापा) र ध्रुब ढकाल (सुनसरी) रहेका छन्।  

कोसी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८२ अनुसार नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका अध्यक्ष पदेन सदस्य रहने व्यवस्था गरिएको छ।

राजपत्रमा उल्लेखित प्रस्तावना अनुसार प्रदेशभित्र स्थापना हुने वा स्थापना भई सञ्चालनमा रहेका आम सञ्चार माध्यमको दर्ता, नवीकरण, नियमन, अनुगमन तथा अभिलेखीकरणको व्यवस्था गर्न यो ऐन ल्याइएको हो।

स्वतन्त्र, निष्पक्ष, मर्यादित र नागरिकप्रति जवाफदेही आमसञ्चार माध्यमको विकास र प्रवर्द्धनका लागि आमसञ्चार क्षेत्रसँग समन्वय कायम गर्ने तथा क्रियाशील पत्रकार वा जनशक्तिको व्यावसायिक हित अभिवृद्धि गर्न कोसी प्रदेश सभाले यो ऐन बनाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad