कोशी


बालेनको वाचा: झापा-५ का सुकुमवासीका लागि ‘१०० दिनमा आयोग, १००० दिनमा समाधान’

बालेनको वाचा: झापा-५ का सुकुमवासीका लागि ‘१०० दिनमा आयोग, १००० दिनमा समाधान’

नेपालखबर
फागुन ११, २०८२ सोमबार ९:३, काठमाडौँ

झापा-५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह 'बालेन'ले सोमबार चुनावी घोषणापत्र  (वाचापत्र) सार्वजनिक गर्दै आफ्नो निर्वाचन क्षेत्रका सुकुमवासी समस्या समाधानका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन्। 

झापा निर्वाचन क्षेत्र नम्बर ५ का भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको दिगो समाधानका लागि आफ्नो नेतृत्वमा सरकार बनेको १०० दिनमा आयोग गठन गरी १००० दिनमा समाधान गर्ने नीति अपनाउने संकल्प गरेका हुन्। 

वाचापत्रमा उनले लेखेका छन्:

‘भूमि व्यवस्थापन
-झापा-५ का भूमिहीन, सुकुमवासी था अव्यवस्थित बसोबासको समस्यालाई न्यायोचित र दिगो समाधान गर्न रास्वपा सरकार गठन भएको १०० दिनमा आयोग, १००० दिनमा समाधान नीति अवलम्बन गरी अधिकार सम्पन्न आयोगमार्फत समयसीमाभित्र कार्य सम्पन्न गरिनेछ।

-बाँझो जमिनको सदुपयोग सुनिश्चित गर्दै जग्गा चक्लाबन्दी तथा एकीकरण प्रवर्द्धनका लागि "ल्यान्ड बैंक"को व्यवस्था गरिनेछ।

-ऐलानी जग्गासम्बन्धी उचित व्यवस्था एव नक्सांकन अभिलेख नभएका जमिनहरूको नापी नक्सा अभिलेखीकरण गर्ने कार्य सम्पन्न गरिनेछ।’

हेर्नुहोस् पूरा वाचापत्र

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad