ad ad

कोशी


विद्युत् आपूर्ति नियमित गर्न माग राख्दै पूर्वका उद्योगी व्यवसायी आन्दोलित

अघोषित लोडसेडिङ गरेको भन्दै प्राधिकरणको दुहबी ग्रेड शाखा घेराउ
विद्युत् आपूर्ति नियमित गर्न माग राख्दै पूर्वका उद्योगी व्यवसायी आन्दोलित

ध्रुव भट्टराई
बैशाख १०, २०८० आइतबार १४:५१, विराटनगर

विद्युत् आपूर्ति नियमित गर्न माग राख्दै सुनसरी/मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योगी व्यवसायी आन्दोलित भएका छन्।

उद्योगी व्यापारीहरुले नेपाल विद्युत् प्राधिकरणकोको दुहबी ग्रेड शाखा घेराउ गरेका छन्।

उद्योगी व्यापारीहरुले घेराउ गर्ने क्रममा विद्युत् आपूर्ति नियमित गर्न माग गदै नाराबाजी समेत गरेको छन्।

उद्योगी व्यापारीले  विद्युत् प्राधिकारणका कार्यकारी प्रमुख कुलमान घिसिङको राजीनामा समेत मागेका छन्।

कुलमान घिसिङ राजीनामा दे, विद्युत् आपूर्ति नियमित गर, लोडसेडिङको तालिका सार्वजनिक गर लगायतका नारा लगाएका थिए।

विराटनगर सुनसरी मोरङमा अघोषित लोडसेडिङ हुँदा सर्वसाधरण आक्रान्त बनेका छन्। सर्वसाधारणबाहेक औद्योगिक क्षेत्र पनि लोडसेडिङका कारण प्रभावित बनेका छन्।

नेपाल उद्योग परिसंघ कोशी प्रदेश, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङलगायतले अनियमित विद्युत् आपूर्तिलाई तुरुन्त सहज बनाउन माग गर्दै आएका थिए।

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले  विद्युत् आपूर्तिमा देखिएका अनियमितता, लो भोल्टेज र ट्रिपिङजस्ता अपर्याप्त आपूर्ति तथा अनिर्धारित विद्युत् कटौतीका कारण उद्योगहरु सञ्चालनमा समस्या भएकाले उद्योगी व्यापारी सडकमा आउनुपरेको बताए।

उनले कि त प्राधिकरणले विदूत आपूर्ति नियमित गर्नुपर्ने या त लोडसेडिङको तालिका सार्वजनिक गर्न माग गरेका छन्।

अध्यक्ष रिजालले प्राधिकरणबाट विद्युतमा हुने र गरिने त्यस प्रकारका अवरोधात्मक आपूर्तिहरुका कारण उद्योगहरुका प्रशोधन तथा उत्पादनमा रहने कच्चा पदार्थ नष्ट हुने, मिल मेसिनरीहरु बिग्रिने तथा कामदार श्रमिकहरुको कार्य अवरोध हुनेलगायतका समस्याहरु उत्पन्न भई उद्योगहरुका लागत खर्च वृद्धि हुनुका साथै उद्योगहरुलाई ठूलो आर्थिक व्ययभार थपिने बताए।

मोरङ व्यापार संघका पूर्वअध्यक्ष पवन सारडाले विगत केही दिनदेखि औद्योगिक क्षेत्रमा विना सूचना लगातार विद्युत् अवरुद्ध भइरहँदा उद्योगहरु सञ्चालनमा समस्या भएकाले औद्योगिक करिडोरमा भइरहेको विद्युत् अवरोधका विषयमा विद्युत् प्राधिकरणसहित सरकारका सम्बन्धित पक्षहरु सम्वेदनशील हुनुपर्ने बताए।

‘नेपालको औद्योगिक क्षेत्र लगातार विभिन्न दुर्घटनाका शिकार बन्न गई मुलुकको आर्थिक अवस्था तहसनहर भइसकेको छ’, सारडाले भने, ‘बैंकको आफूखुसी ब्याजदरले डुब्न लागेको औद्योगिक क्षेत्रमा विद्युत् कटौती हुनु अर्को बज्रपात परेको छ’, उनले भने। 

नेपाल विद्युत् प्राधिकरण दुहबी ग्रेड शाखाका प्रमुख  रोशन खड्काले भने गर्मी बढेको र आफनो आन्तरिक उत्पादन घटेपछि विद्युतको माग उच्च रहँदा मागअनुसार विद्युत आपूर्ति गर्न नसकिएको बताउँदै लो भोल्टेज र ट्रिपिङ जस्ता  समस्या भएको उल्लेख गरे।

प्रमुख खड्काले दुहबी ग्रेटबाट अहिले दैनिक २ सय ७० मेगावाट रहेकामा आपूर्ति २ सय मेगावाट मात्र रहेकाले आौद्यौगिक क्षेत्रमा उद्योगीहरुलाई विद्युत् आपूर्ति घटाइदिन आग्रह गरेको बताए।

प्रमुख खडकाले गर्मीयाम लागेसँगै खोलामा पानीको स्रोत सुक्दा काबेली करिडोरबाट आउने विद्युतको क्षमता २ सय मेगावाट भए पनि हाल ३० मेगावाट र  कोशी करिडोरमा ५० मेगावाट विद्युत् उत्पादन हुँदै आएकोमा ८ मेगावाट मात्र उत्पादन भइरहेको बताए।

त्यसैगरी विहारको कटैयाबाट हाल ८० र ढल्केबरबाट आउने बिजुली पनि ८० मेगावाट मात्र आपूर्ति भइरहेको छ। जुन विद्युत् अहिले सप्लाई भइरहेको छ त्यो मागभन्दा करिब ७० मेगावाट कमी रहेकाले पूर्वी नेपालमा पिक आवरको समयमा विद्युत नियमित गर्न समस्या भइरहेको प्रधिकरणको दुहबी ग्रेड शाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .