कोशी


मोरङका चार स्थानीय तहमा बर्डफ्लु पुष्टि, पंक्षीजन्य सामग्री ओसारपसारमा प्रतिबन्ध

मोरङका चार स्थानीय तहमा बर्डफ्लु पुष्टि, पंक्षीजन्य सामग्री ओसारपसारमा प्रतिबन्ध

नेपालखबर
चैत ११, २०८२ बुधबार १४:२७, ​विराटनगर

मोरङ जिल्लाका विभिन्न चारवटा स्थानीय तहमा रहेका कुखुरा फर्महरूमा बर्ड फ्लुको संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाएको छ।

सुन्दरहरैँचा नगरपालिका वडा नं. ४, उर्लाबारी नगरपालिका वडा नं. ८, कटहरी गाउँपालिका वडा नं. ६ र विराटनगर महानगरपालिका वडा नं. ४ मा रहेका कुखुरा फर्महरूमा यो रोगको संक्रमण देखिएको हो।

बर्डफ्लु नियन्त्रण नियमावली २०७८ बमोजिम संक्रमण पुष्टि भएका क्षेत्रहरूको चारै दिशातर्फ २० मिटर सम्मको क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी नियन्त्रणका कार्यहरू अगाडि बढाइएको छ।

यो रोग मानिसमा समेत सर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रशासनले संक्रमण देखिएका पालिकाहरूबाट पंक्षी तथा पंक्षीजन्य सामग्रीहरू जस्तै अण्डा, दाना, फोहर र कुखुराको सुलीको आयात, निर्यात तथा ओसारपसारमा अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रोक लगाएको छ।

निमित्त प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा जारी सूचनामा जिल्लाबासी, कृषक, व्यवसायी तथा उपभोक्ताहरूलाई आवश्यक सतर्कता अपनाउन र नियन्त्रण अभियानमा सहयोग र समन्वय गर्न आग्रह गरिएको छ।

संक्रमण थप फैलिन नदिन र जनस्वास्थ्यको सुरक्षाका लागि प्रशासनले यस्तो कडा कदम चालेको जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad