कोशी


८० लाख लगानीमा कोसीमा ‘घुम्ती अस्पताल’ सञ्चालन

८० लाख लगानीमा कोसीमा ‘घुम्ती अस्पताल’ सञ्चालन

नेपालखबर
पुस २५, २०८२ शुक्रबार १५:५४, विराटनगर

कोसी प्रदेश सरकारले पहिलोपल्ट कोसी घुम्ती अस्पताल सञ्चालनमा ल्याएको छ। झापाको कमल गाउँपालिकाबाट यो घुम्ती अस्पताल सुरू भएको हो। कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अस्पतालको शुभारम्भ गरे।

ठूलो बसभित्र अत्याधुनिक मेडिकल उपकरण जडान गरी यो सेवा सञ्चालनमा ल्याइएको हो। यसमा रेडियोलोजी, मुटुको एक्सरे, ब्लड टेस्ट, रगतको नमुना सङ्कलन गरी परीक्षण गर्ने उपकरण जडान गरिएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालयकी  नर्सिङ प्रशासक आस्था थापाले जानकारी दिइन्।

कोसी प्रदेश सरकारका मुख्यमन्त्री कार्कीले यो सेवालाई गाउँ गाउँसम्म विस्तार गर्ने बताए। तत्कालै महामारी फैलिँदा स्वास्थ्य शिविरहरू सञ्चालन गर्न यो प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे।

यो घुम्ती अस्पताल नेपालमै पहिलो र नमूनायोग्य भएको चर्चा गर्दै यसलाई थप परिस्कृत गर्दै आम जनतामा पुर्याउने प्रदेश सरकारको तयारी रहेको कार्कीले जानकारी दिए। 

त्यस्तै, प्रदेश सरकारका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बुले प्रदेश सरकारले जनताले देखिने गरी स्वास्थ्य क्षेत्रमा काम गर्ने बताए।

करिब ८० लाख रुपैयाँ खर्च गरेर बसमा नै कोसी घुम्ती अस्पताल सुरु गरिएको स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए। 

शुक्रबार कमल गाउँपालिकामा स्वास्थ्य निर्देशनालयले स्वास्थ्य शिविर समेत आयोजना गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad