कोशी


कोसीमा एमाले–कांग्रेस गठबन्धनका उम्मेदवारले राष्ट्रिय सभाकालागि उम्मेदवारी दर्ता गरे

कोसीमा एमाले–कांग्रेस गठबन्धनका उम्मेदवारले राष्ट्रिय सभाकालागि उम्मेदवारी दर्ता गरे

नेपालखबर
पुस २३, २०८२ बुधबार १५:२, विराटनगर

नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनका उम्मेदवारले राष्ट्रिय सभा सदस्यका लागि कोसीमा उम्मेदवारी दर्ता गराएका छन्।

कोसी प्रदेशबाट राष्ट्रिय सभाको ३ जना सदस्यको लागि एमाले र कांग्रेस उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन्।

महिला, दलित र अन्य गरी ३ जना सदस्यका लागि एमालेबाट सोम पोर्तेल, रोशनी मेचे र नेपाली कांग्रेसबाट सुनिल थापाले उम्मेदवारी दर्ता गराएका हुन्। 

एमालेले उम्मेदवार बनाएका पोर्तेल र मेचे झापाका हुन्। 

कोसी प्रदेशबाट नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय सभा सदस्यको ‘अन्य’ क्लष्टरबाट तात्कालीन एकीकृत समाजवादीका हेमराज घिमिरे (संखुवासभा)  र दलित क्लष्टरबाट तात्कालीन माओवादीका खेमराज सुन्दास र नमिता न्यौपाने (मोरङ)लाई उम्मेदवार बनाएको छ।   

राष्ट्रिय सभा निर्वाचनको लागि कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी गरी प्रदेशगत मतदाताको संख्या १६१९ हो। जसमा कोसीबाट प्रदेश सांसद ९३ र स्थानीय तहमा प्रमुख उपप्रमुख २७४ जना मतदाता रहेका छन्। 

यस पटकको राष्ट्रिय सभाको निर्वाचनमा मतभार समेत बढेको छ। प्रदेश सभा सदस्यको एक सांसदको मतभार ५३ पुगेको छ भने स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १९ पुगेको निर्वाचन आयोगले जनाएको छ।  

कोसी प्रदेशमा प्रदेशको कुल मतभार १०१३५ हो जसमा सांसदको ४९२९ र स्थानीय तहका प्रमुख उपप्रमुखको ५२०६ मतभार हो। 

आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभा निर्वाचनका लागि कोशीबाट ३, मधेसबाट ४, बागमतीबाट २, गण्डकीबाट २, लुम्बिनीबाट ३, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २।२ जना सदस्य छान्न निर्वाचन हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad