कोशी


कोसी प्रदेश सरकार तत्काल पुनर्गठन गर्छौंः मुख्यमन्त्री कार्की

कोसी प्रदेश सरकार तत्काल पुनर्गठन गर्छौंः मुख्यमन्त्री कार्की

नेपालखबर
पुस १७, २०८२ बिहिबार १७:३२, काठमाडौँ

कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन्। प्रेस चौतारी नेपाल मोरङद्वारा आज विराटनगरमा आयोजित प्रदेशस्तरीय शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उनले प्रदेश सरकार पुनर्गठनका विषयमा गठबन्धन दलका नेतासँग छलफल गरी निर्णय गर्ने जानकारी दिए।
    
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेतासमेत रहेका मुख्यमन्त्री कार्कीले आफ्नो पार्टी आगामी संसदीय निर्वाचनबाट नभाग्ने बताउँदै यसका लागि सरकारले निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए। 

मुख्यमन्त्री कार्कीले सोही कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनमा मोरङबाट केन्द्रीय सदस्य जीवन घिमिरे, ऋषिकेश पोखरेल, दिलीप अग्रवाल र पर्शुराम बस्नेतलाई बधाई दिए।

त्यसैगरी यस वर्षको शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कारबाट उदयपुरको कटारीकी रेणु पराजुलीलाई रु २१ हजारसहित सम्मानित गरिएको छ । चौतारी मोरङ अध्यक्ष चीना थापा, इन्चार्ज सुमन सुस्केरा, उपाध्यक्ष जुनु भट्टराईलगायतले समाजमा पछाडि परेका वर्गको उत्थानमा सञ्चारकर्मीले कलम चलाउनुपर्ने सुझाव दिए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad