कारोबार


जेनजी आन्दोलनमा भएको क्षतिको दाबी भुक्तानी धमाधम, हालसम्म साढे ५ अर्ब दिइयो

जेनजी आन्दोलनमा भएको क्षतिको दाबी भुक्तानी धमाधम, हालसम्म साढे ५ अर्ब दिइयो

फाइल तस्बिर


नेपालखबर
पुस १७, २०८२ बिहिबार १७:३७, काठमाडौँ

नेपाल बीमा प्राधिकरणले हालसम्म निर्जीवन बीमा कम्पनीले जेनजी आन्दोलनका क्रममा भएको क्षतिमा परेको कुल दाबीमा ५ अर्ब ४८ करोड २५ लाख रुपैयाँ भुक्तानी गरेको जनाएको छ। 

प्राधिकरणका अनुसार जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेका कुल ३ हजार ३१६ वटा बीमा दाबी परेको थियो। जुन करिब २३ अर्ब ४७ करोड रकमबराबरको हो। 

त्यसमा हालसम्म उक्त रकम भुक्तानी भएको प्राधिकरणको अद्यावधिक तथ्यांक छ। प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ कूल ७१२ वटा बीमा दाबीको दाबी रकम करिव १९ अर्ब ५ करोडमध्ये करिब ३ अर्ब ९३ करोड ५९ लाख र मोटर बीमातर्फ कूल २ हजार ३२१ वटा बीमा दाबीको दाबी रकम करिब ३ अर्ब ४६ करोड १६ लाखमध्ये करिब १ अर्ब ३९ करोड २५ लाख भुक्तानी भएको छ ।

यसैगरी, इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ कुल २२६ वटा बीमा दाबीको करिब ५५ करोड ३९ लाख दाबी रकममध्ये करिब ८ करोड ३६ लाख, परिवहन बीमातर्फ कुल १२ वटा बीमा दाबीको करिब १ करोड ६९ लाख दाबी रकममध्ये करिब १ करोड ५५ लाख र अन्य बीमातर्फ कुल ४५ वटा बीमा दाबीको करिब ३८ करोड ४० लाख दाबी रकममध्ये करिब ५ करोड अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ । 

३ अर्ब २ करोडको पुनर्बीमा दाबी भुक्तानी
जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई कुल करिब ३ अर्ब २ करोड अग्रिम भुक्तानीसहित पुनर्बीमा दाबी भुक्तानी गरेको छ।

नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट परेका कुल २ हजार ८६३ वटा पुनर्बीमा दाबीको कुल पुनर्बीमा दाबी रकम करिब १६ अर्ब ६२ करोड ६६ लाख रहेको अद्यावधिक तथ्याङ्क कम्पनीबाट प्राप्त भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad