कोशी


एमाले कोसीमा समानुपातिक नाम सिफारिस : जिल्लाबाट आएका १०१ नाममध्ये प्रदेशले ३९ मात्रै पठायो

एमाले कोसीमा समानुपातिक नाम सिफारिस : जिल्लाबाट आएका १०१ नाममध्ये प्रदेशले ३९ मात्रै पठायो

सुमन सुस्केरा
पुस १३, २०८२ आइतबार १२:३७, विराटनगर

नेकपा एमाले कोसीले जिल्लाहरूबाट जम्मा १०१ जनाको नाम सिफारिस भएर आएकोमा प्रदेश कमिटीले त्यसलाई थप परिमार्जन र छनोट गरी ३९ जनाको नाम केन्द्रमा पठाएको छ। 

​सिफारिस गरिएका नामहरूमा मोरङ जिल्लाको बाहुल्यता देखिएको छ, जहाँबाट ३१ जनाको नाम एकीकृत सूचीमा छ। जिल्लाबाट प्रदेशमा पठाएको १०१ जनाको नामको सूचीमा मोरङबाट ३१ जनाको नाम छ। 

सिफारिस भएको नाममा पूर्वकेन्द्रीय उपाध्यक्ष गुरुप्रसाद बराल, पूर्व प्रदेश मन्त्री ज्ञानेश्वर राजबंशी, र पूर्व जिल्ला अध्यक्ष बाबुराम कार्की जस्ता नेताहरूको नाम समावेश छ। 

सोही जिल्लाबाट पूर्वउपमेयर भूराज राई, पूर्व पालिका उपप्रमुखहरू लक्ष्मी भण्डारी र धना तामाङका साथै अल्पसंख्यक समुदायका प्रतिनिधिहरूको नाम पनि समेटिएको छ। 

​यसैगरी सुनसरी बाट १० जनाको नाम छ । जसमा पूर्व केन्द्रीय सदस्यहरू तैयब हुसैन र लस्करी अन्सारीका साथै प्रदेश सदस्यहरू मोतिराज सुनवार र मौसम राई लगायत  छन्। उदयपुर बाट १५ जनाको सिफारिस भएको छ, जसमा केन्द्रीय सदस्य मन्जु चौधरी र पूर्व केन्द्रीय सदस्य अम्बिका थापा लगायतका नेताहरू छन्। 

​झापाबाट केन्द्रीय सदस्यहरू रोमनाथ ओली र मेनुका काफ्ले तथा पूर्व प्रदेश मन्त्री जसमाया गजमेरसहित ७ जनाको नाम सूचीमा छ। इलामबाट पूर्व केन्द्रीय सदस्यहरू सकुन्तला लेप्चा र तारादेवी गुरुङसहित ६ जनाको नाम पठाइएको छ। 

धनकुटाबाट पूर्वप्रदेश सांसद बिनादेवी राई र प्रदेश सदस्य यज्ञकुमारी रुचालसहित ७ जना र तेरथुम बाट डा. विजय सुब्बा र बिष्णुमाया बि.क. सहित ५ जनाको नाम सिफारिसमा परेको छ। 

​प्रदेश कमिटी स्रोतका अनुसार जिल्लाबाट आएका १०१ जनाकै नाममा छलफल भए पनि अन्तिममा ३९ जनाको नाम केन्द्रमा सिफारिस गरिएको छ।

यद्यपि, ती ३९ जनाको नामावली अहिले नै सार्वजनिक गर्दा आकांक्षीहरूबीच विवाद हुन सक्ने भएकाले पार्टीको आधिकारिक निकायले अन्तिम टुंगो लगाएपछि मात्र विस्तृत विवरण सार्वजनिक गरिने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad