कोशी


एमाले केन्द्रीय कमिटीमा झापाबाट अध्यक्ष र सचिवसहित १९ जना निर्वाचित

एमाले केन्द्रीय कमिटीमा झापाबाट अध्यक्ष र सचिवसहित १९ जना निर्वाचित

नेपालखबर
पुस ३, २०८२ बिहिबार २१:४९, विराटनगर

नेकपा (एमाले) को केन्द्रीय कमिटीमा झापाबाट कुल १९ जना नेता निर्वाचित भएका छन्। एघारौँ महाधिवेशनबाट झापा भूगोल र समावेशी कोटामार्फत उल्लेख्य संख्यामा प्रतिनिधित्व भएपछि जिल्लाको राजनीतिक प्रभाव पुनः पुष्टि भएको छ।

तीमध्ये अध्यक्ष केपी शर्मा ओली र हिक्मत कार्की सचिव पदमा निर्वाचित हुनु झापाका लागि विशेष उपलब्धिका रूपमा हेरिएको छ। 

अध्यक्षमा केपी शर्मा ओली निर्वाचित हुँदा झापाबाटै केन्द्रीय सचिवमा निर्वाचित हुने नेता हिक्मत कार्की रहेका छन्। त्यस्तै केन्द्रीय सदस्यका रूपमा झापाबाट निर्वाचित हुने नेताहरूमा देवेन्द्र दाहाल, दीपक कार्की, अग्नि खरेल, चिन्तन पाठक, होमबहादुर थापा, गोविन्द थापा, इन्द्र भण्डारी, रोमनाथ ओली, मनोज ताम्ली, निता घतानी, निर्मला पाठक, जलवर्षा राजवंशी, मेनुका काफ्ले, गीता अधिकारी, सुनिता बराल, मीना उप्रेती र एलिसा गौतम रहेका छन्।  

भूगोल र समावेशी दुवै आधारमा झापाबाट उल्लेख्य संख्यामा प्रतिनिधित्व हुँदा पार्टीभित्र जिल्लाको राजनीतिक प्रभाव झनै मजबुत भएको नेताहरूको भनाइ छ। 

निर्वाचित हुने जलवर्षा राजवंशी कोसी प्रदेश समितिको उप सचिव छाडेर केन्द्रीय सदस्य भएकी हुन् ।

अनुभवी तथा नयाँ पुस्ताका नेताहरूको मिश्रणले केन्द्रीय नेतृत्वमा झापाको आवाज प्रभावकारी हुने अपेक्षा गरिएको छ।

केन्द्रीय कमिटीमा एक अध्यक्ष, एक सचिवसहित १९ जनाको प्रतिनिधित्वले झापालाई पार्टीको शक्ति केन्द्रका रूपमा पुनः स्थापित गरेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad