नेकपा एमालेको एघारौँ महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित केपी शर्मा ओलीले सबैको जित भएको बताएका छन्।
ईश्वर पोखरेललाई १ हजार ९९ सय मतान्तरले हराउँदै एमाले अध्यक्षमा 'ह्याट्रिक' गरेका ओलीले फेसबुक पोस्टमार्फत कसैको पनि हार नभएको धारणा राखेका हुन्।
'नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन भव्यता साथ सम्पन्न भएको छ। महाधिवेशनमा सहभागी सबैलाई धन्यवाद। महाधिवेशनमा सबैको जित भएको छ, कसैको हार भएको छैन। सबैलाई बधाई', उनलेे लेखेका छन्।
504
Shares

प्रतिक्रिया