कोशी


विराटनगरस्थित प्लास्टिक उद्योगमा आगो लाग्यो

विराटनगरस्थित प्लास्टिक उद्योगमा आगो लाग्यो

आगलागी स्थल


नेपालखबर
मंसिर ९, २०८२ मंगलबार ११:२९, विराटनगर

विराटनगरमा रहेको प्लास्टिक उद्योगमा आगलागी भएको छ।

विराटनगर महानगरपालिका वडा नम्बर ७ स्थित प्लास्टिक उद्योग र प्लास्टिक बनाउन प्रयोग गरिने कच्चा पदार्थ भण्डारण गरिएको ठाउँमा आगलागी भएको हो। उद्योग अशोक अग्रवालको हो। 

विराटनगर महानगरपालिकाका नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन पौडेलका अनुसार बिहान भएको आगलागी नियन्त्रणमा लिन विराटनगर महानगरपालिकाका २ वटा वारुणयन्त्र र दुहबी नगरपालिकाको दमकल प्रयोग भइरहेको छ। 

आगलागी भएको स्थल वरपर ठुला घरहरू रहेका कारण आगलागी नियन्त्रणमा लिन केही समस्या भएको प्रहरीले जनाएको छ।

उद्योग नजिक थुपारिएको प्लास्टिकका फोहोरको डंगुरमा अचानक आगो सल्किँदा आगलागी भएको अनुमान प्रहरीले गरेको छ।

क्षतिको विवरण आउन बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad