संखुवासभाको धर्मदेवी नगर कार्यपालिकाकी सदस्य देवकुमारी कार्कीको हृदयघातका कारण निधन भएको छ। वडा नं. ८ निवासी कार्कीको शनिबार बिहान अकस्मात् निधन भएको हो।
उनको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै धर्मदेवी नगरपालिकाका प्रमुख उदय चन्द्र पौडेलले विज्ञप्ति जारी गरेका छन्। नगरपालिकाले कार्कीको निधनमा आइतबारका लागि शोक विदा घोषणा गरेको छ।
सो दिन नगरपालिका कार्यालय, अन्तर्गतका सबै शाखा, संघ-संस्था तथा विद्यालयहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण कार्य बन्द रहने जनाइएको छ।
114
Shares

प्रतिक्रिया