कोशी


इटहरी उपमहानगर कार्यपालिका बैठक भुईँमै

इटहरी उपमहानगर कार्यपालिका बैठक भुईँमै

नेपालखबर
भदौ ३१, २०८२ मंगलबार २२:११, विराटनगर

जेनजी आन्दोलनका क्रममा इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगजनी र तोडफोड भएपछि कार्यपालिकाको बैठक भुईँमै बसेको छ।

आज (मंगलबार) उपमहानगरपालिकाको प्राङ्गणमै मेयर हेमकर्ण पौडेल, उपप्रमुख संगीता चौधरीसहित कार्यपालिका सदस्यहरू बसेर बैठक सम्पन्न गरेका छन्। उनीहरूले बैठक बस्दा चकटी वा गुन्द्री समेत नओच्छ्याई भुईँमै बस्नुपरेको थियो।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा उपमहानगरको कार्यालयमा आगलागी हुँदा भवन ध्वस्त भएको छ। आगलागीका कारण मेयर पौडेल बस्ने कार्यालय कक्ष समेत खरानीमा परिणत भएको छ। सो क्रममा पौडेलको घरमा पनि आगजनी गरिएको थियो।

आन्दोलनका क्रममा इटहरीमा सुरक्षा निकायको गोली लागी दुई जना प्रदर्शनकारीको मृत्यु भएको थियो। कार्यालय ध्वस्त भएपछि अस्थायी व्यवस्थामार्फत नगरको कामकारबाही अघि बढाउने तयारीका लागि उपमहानगरले बैठक बोलाएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad