कोशी


ताप्लेजुङमा एमाले नेता एवं वडाध्यक्ष सेन्दाङमाथि सांघातिक आक्रमण, बीएन्डसी अस्पताल भर्ना

ताप्लेजुङमा एमाले नेता एवं वडाध्यक्ष सेन्दाङमाथि सांघातिक आक्रमण, बीएन्डसी अस्पताल भर्ना

फाइल तस्बिर : वडाध्यक्ष टेकिन्द्र सेन्दाङ


सुमन सुस्केरा
भदौ ८, २०८२ आइतबार १३:३३, विराटनगर

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-२ का वडाध्यक्ष टेकिन्द्र सेन्दाङलाई शनिबार बेलुकी अज्ञात समूहले आक्रमण गरेको छ।

एमालेका जिल्ला नेतासमेत रहेका सेन्दाङ पार्टीको जिल्ला कमिटी बैठक सकेर घर फर्कँदै गर्दा आक्रमण भएको हो।

आक्रमणबाट गम्भीर घाइते सेन्दाङलाई स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचारपछि बिर्तामोडस्थित बीएन्डसी अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ।

ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी वेदप्रसाद गौतमका अनुसार सेन्दाङको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ।

घटना तोक्मेडाँडा क्षेत्रमा भएको एमाले ताप्लेजुङले जनाएको छ।

एमालेका अनुसार ५/७ जनाको समूहले सेन्दाङमाथि सांघातिक आक्रमण गरेको हो।

प्रहरीले आक्रमणमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad