समाज


वीरगन्जमा हैजा संक्रमण: स्वास्थ्य मन्त्रालयले पठायो चिकित्सकको टोली, ३ जनाको निधन

कुन अस्पतालमा कति बिरामी?
वीरगन्जमा हैजा संक्रमण: स्वास्थ्य मन्त्रालयले पठायो चिकित्सकको टोली, ३ जनाको निधन

नेपालखबर
भदौ ८, २०८२ आइतबार १३:३९, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरगन्ज महानगरपालिकाभित्र फैलिएको हैजा संक्रमण नियन्त्रण गर्न चिकित्सक र परीक्षण किट बढाएको जनाएको छ। वीरगन्ज हैजा संक्रमणबाट ३ जनाको मृत्यु भएपछि मन्त्रालयले परीक्षण र उपचार बढाएको जनाएको छ। 

मन्त्रालयअन्तर्गतको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म ३६ जनामा हैजा संक्रमण पुष्टि भएको छ। 

महाशाखाका निर्देशक डा चन्द्र भाल झाले हैजाको आशंकामा १२९ उपचार भइरहेको बताए।
‘१२९ जनामा झाडापखाला देखिएको छ। झाडापखाला देखिएका सबैको अस्पतालमा उपचार भइरहेको छ’ उनले भने ‘उनीहरूमा पनि हैजाको परीक्षण हुन्छ।’

निर्देशक झाका अनुसार ८० जनाको आइसीयू र एचडीयू कक्षमा उपचार भइरहेको छ। 

गत साउन २८ गतेदेखि हैजा संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। 

हैजा संक्रमण फैलिन थालेपछि आज स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठन नेपालका पदाधिकारी आज वीरगन्ज जादै छन्। 

महाशाखाका निर्देशक झाले आफूहरू निरन्तर सम्पर्क रहेको र अवस्था बुझन वीरगन्ज जान लागेको बताए। 

‘उपचारको व्यवस्था मिलाउन, परीक्षण बढाउन मन्त्रालय, ईडीसीडीको टोली जादौँ छौँ। छिटै परीक्षण बढाएर उपचारको दायरामा ल्याउन सकियो भने नियन्त्रण गर्न सकिन्छ,’ उनले भने। 
वीगन्जमा कसरी हैजा संक्रमण फैलियो भने बारे अनुसन्धान भईरहेको महाशाखाका निर्देशक डा झाले बताए। 

दुषित पानी र खानाबाट सर्ने हैजा संक्रमण ‘भिव्रियो कोलरी’ नामक ब्याक्टेरियाको कारण सर्छ। 
ब्याक्टेरियाले सानो आन्द्रामा असर गरी शरीरले धेरै मात्रामा पानी निकाल्छ। 

त्यसले लगातार पखाला लाग्ने हुन्छ। गम्भीर अवस्थामा शरीरबाट धेरै मात्रामा नुन तथा तरल पदार्थ बाहिर निस्किन्छ। शरीरमा पानीको मात्रा असाध्यै कम भई मानिसको मृत्यु नै हुन सक्छ।
सङ्क्रमण भएको १२ घण्टादेखि ५ दिनभित्र लक्षण देखिन्छ। महानगरको वडा नम्बर ३, ११, १२, १३, १६ मा संक्रमण देखिएको छ।  

कुन अस्पतालमा कति बिरामी? 
नारायणी अस्पतालमा लक्षिण मिल्दोजुल्दो ३३ बिरामी भर्ना भएकोमा १३ जनामा संक्रमण पुष्टि भइसकेको छ। तराई हस्पिटलमा ३५ जना भर्ना हुँदा १२ जनामा संक्रमण, भवानी हस्पिटलमा २ जर्ना भर्ना हुँदा २ जनामै संक्रमण, वीरगन्ज हेल्थ केयरमा १४ जना भर्ना भएका छन्। अलि अर्थो हस्पिटलमा २ जना भर्ना २ जनामै संक्रमण, नेशनल मेडिकल कलेजमा १४ जना भर्ना हुँदा ५ जनामा संक्रमण पुष्टि भइसकेको छ। 

त्यस्तै एड्भान्स हस्पिटलमा १५ जना भर्ना, सूर्य हस्पिटलमा १, सर्वोत्तम हस्पिटल ४, आश्रम हस्पिटलमा २, प्रभु हस्पिटलमा ४, निलकण्ठ अस्पिटलमा ३ जना भर्ना भएका छन्। मंगलम हस्पिटलमा पनि २ संक्रमण पुष्टि भएका बिरामी उपचार जारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad