कोशी


संखुवासभाबाट झापा जाँदै बस पल्टिँदा १४ जना घाइते

संखुवासभाबाट झापा जाँदै बस पल्टिँदा १४ जना घाइते

शनिबार संखुवासभा र तेह्रथुमको सीमामा पल्टिएको बस।


नेपालखबर
साउन १७, २०८२ शनिबार १४:१३, किमाथाङ्का (सङ्खुवासभा)

शनिबार संखुवासभाको धर्मदेवी नगरपालिका-९ मूलगाउँबाट झापाको दमक जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

बा २ प ७२४४ नम्बरको बस सङ्खुवासभा र तेह्रथुमको सिमानामा पर्ने लालीगुराँस नगरपालिका-१ स्थित देउराली घुम्तीमा सडकदेखि करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। 

घाइते हुनेमा सङ्खुवासभाको धर्मदेवी नगरपालिका-९ का २३ वर्षीय सविन  विष्ट, धर्मदेवी-७ का २५ वर्षीय भवानी कार्की, सात वर्षीया असीमित भारती, नौ वर्षीया हीरा भारती, ५६ वर्षीया रत्नमाया कटुवाल, १२ वर्षीय विष्णु कटुवाल, मनकुमार कटुवाल, ५२ वर्षीया धनमाया चापागाईं, धर्मदेवी-६ का ५२ वर्षीय श्रीमान तामाङ, १५ वर्षीया प्रतिमा कटुवाल, १६ वर्षीया सोममाया याईम, ३० वर्षीय सुजन कटुवाल ६२ वर्षीय दलबहादुर कार्की र धनकुटाको महालक्ष्मी नगरपालिका-१ का २४ वर्षीय विमल विक छन्।

घाइतेमध्ये धर्मदेवी नगरपालिका-९ का २३ वर्षीय सविन विष्ट गम्भीर रहेकाले उनलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। 

अन्य घाइतेको उपचार भने वसन्तपुर अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ। बस दुर्घटनालगत्तै चालक सङ्खुवासभाको धर्मदेवी–६ का खेम महत फरार रहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad