कोशी


संघीयतालाई कमजोर बनाउने खेल भइरहेको छ : राउत

संघीयतालाई कमजोर बनाउने खेल भइरहेको छ : राउत

नेपालखबर
साउन ५, २०८२ सोमबार १९:५९, काठमाडौँ

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष सिके राउतले देशमा संघीयतालाई कमजोर बनाउने खेल भइरहेको बताएका छन्।

बारा सदरमुकाम कलैयामा सोमबार आयोजित बृहत् पार्टी प्रवेश तथा सभा कार्यक्रममा उनले देशमा संघीयता आए पनि विभिन्न प्रकारले कमजोर पार्नका लागि ठूला पार्टी नै लागि आरोप लगाए।

‘संघीयता आए पनि प्रदेशमा आफ्नो प्रहरी प्रशासन छैन। संघ सरकारकै मातहतमा कर्मचारी, प्रहरी प्रशासन रहेकाले प्रदेश सरकारले चाहेअनुसार काम गर्न नसक्ने अवस्था छ’, अध्यक्ष राउतले भने, ‘संघीयताका लागि सरकार र देशका ठूला पार्टीहरूकै राम्रो भूमिका खेद्यन सकेनन्।’

तराई मधेसको हकअधिकारलाई स्थापित गर्न यहाँबाट प्रतिनिधित्व गर्ने सबै दल एकताबद्ध हुनुपर्नेमा उनले जोड दिए। अध्यक्ष डा राउतले संंविधान संशोधनको माध्यमबाट तराई मधेसलगायत देशका समस्या सम्बोधन गर्न अपरिहार्य रहेको बताए। 

उनले सरकारले जनतामा आशा जगाउने गरी आफ्नो भूमिका बढाउनुपर्नेमा जोड दिए। ‘नेपाली जनताको आशा र भरोसा गरेका कांग्रेस र एमाले मिलेर सरकार बनेको छ। यसले जनतामा रहेको निरासा हटाउने गरी काम गर्नुपर्छ, तर हालको भूमिका राम्रो नभएका हाम्रो बुझाई छ’, राउतले भने।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गठबन्धन सरकार भएको कारण मधेसमा चाहेजस्तो विकास गर्न नसकिएको धारणा राखे। विविध समस्याका बाबजुत प्रदेश सरकार मधेसी जनताको विकासको चाहना र अधिकार रक्षाका लागि निरन्तर प्रयास गरिरहेको बताए। 

पार्टीका जिल्ला अध्यक्ष शवनाथ पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य प्रमोद गुप्ता, मधेस प्रदेशसभाका निवर्तमान सदस्य पारस साहलगायत विभिन्न पार्टीका नेता कार्यकर्ता जनमतमा प्रवेश गरेका छन्।रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad