चिनियाँ वाहक एयर चाइनाले बेइजिङ र उज्वेकिस्तानको राजधानी ताश्कन्द बीचको आफ्नो पहिलो सिधा उडान रुट सुरु गरेको छ।
उद्घाटन उडान ताश्कन्द अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। ताश्कन्दमा एयर चाइनाको प्रतिनिधि ली गुआङपिङले नयाँ रुटले अर्थतन्त्र, व्यापार, संस्कृति र पर्यटनको क्षेत्रमा चीन र उज्बेकिस्तानबीच आदानप्रदान र सहयोगलाई प्रवद्र्धन गर्ने बताए।
यसले दुई देशहरू बीचको जनता–जनताको आदानप्रदान र स्रोतहरूको प्रवाहको लागि अझ सुविधाजनक र कुशल हवाई कोरिडोर पनि प्रदान गर्ने विश्वास लिइएको छ।
उज्बेकिस्तान एयरपोर्ट ह्यान्डलिङका प्रथम उपनिर्देशक उमिद खामरायभले नयाँ हवाई कोरिडोरले दुई देशहरू बीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउन मद्दत गर्ने र पर्यटन र आर्थिक तथा व्यापारिक सम्बन्धको विकासमा योगदान पुर्याउने बताए।
Shares

प्रतिक्रिया