कोशी


टोकला चिया फ्याक्ट्रीको जेनेरेटर रुममा आगलागी

टोकला चिया फ्याक्ट्रीको जेनेरेटर रुममा आगलागी

नेपालखबर
असार २९, २०८२ आइतबार २२:१, विराटनगर

झापा जिल्लाको बिर्तामोड नगरपालिका–१ स्थित बिर्तासिटी अस्पताल छेउमा रहेको टोकला चिया फ्याक्ट्रीको अफिसमा रहेको जेनेरेटर रुममा आईतवार साँझ आगलागी भएको छ।

साँझ ७:४५ बजे विद्युत् सर्ट भएर आगलागी भएको जनाइएको छ। आगलागी भएको सूचना साँझ ७:५० बजे इलाका प्रहरी कार्यालय अनारमनीमा प्राप्त भएपछि खटिएको प्रहरी टोली र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा आगो साँझ ८ बजे नियन्त्रणमा लिएको हो।

आगलागीबाट जेनेरेटर पूर्ण रूपमा जलेर नष्ट भएको र करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad