कारोबार


आगामी पुससम्म कर बुझाए काठमाडौं महानगरले १० प्रतिशत छुट दिने

आगामी पुससम्म कर बुझाए काठमाडौं महानगरले १० प्रतिशत छुट दिने

नेपालखबर
असार २९, २०८२ आइतबार १६:३३, काठमाडौँ

काठमाडौं महानगरपालिकाले करको दायरामा नआएका करदातालाई छुटसम्बन्धी व्यवस्था ल्याएको छ। 

महानगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को बजेटमा आगामी पुससम्म कर तिर्ने करदातालाई १० प्रतिशत छुट दिने व्यवस्था गरेको हो। 

त्यसैगरी बहाल करलाई एकद्वार प्रणालीमार्फत संकलन गर्न संघीय सरकारसँग समन्वयन गर्ने जनाइएको छ। 

यसबाहेक करप्रति अपनत्व र विश्वास बढाउन केही करका शीर्षकमा सिफारिस दस्तुर निःशुल्क गरिएको उपमेयर सुनिता डंगोलले जनाएकी छिन्। 

कर विश्लेषण र करको दायरा वृद्धि गर्न विज्ञसहितको सरोकारवाला निकायसँग सहकार्य गर्ने कार्यक्रमहरु प्रस्ताव गरिएको उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad