नेकपा माओवादी केन्द्रका सांसद राजन किरातीले कोसी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको राजीनामा मागेका छन्।
कोसी प्रदेश सभाको शून्य समयमा बोल्दै सांसद किरातीले क्यूआर आतङ्कले सामाजिक सञ्जाल छाएको बताउँदै यो काम कोसीका पर्यटनमन्त्रीबाट भएकोले तत्काल राजीनामा दिनु पर्ने बताए।
उनले भने, ‘क्युआर आतङ्क र रकम नबुझाउनेलाई सरुवा गराउन खोजेको भन्ने शीर्षकमा समाचारहरू आइरहेको छ, यी विषयहरू सामाजिक सञ्जालमा आएकोले छानबिन हुनु पर्छ।’
अमृत मेहता भन्ने व्यक्ति मन्त्रीको सचिवालयमा रहेकोले ती व्यक्ति अनधिकृत व्यक्ति भएर पनि उनको नामबाट मन्त्रीको लागि भन्दै क्युआर पठाइएको विषय गम्भीर भएको बताए।
‘तिनै अमृत मेहताको नाममा क्युआर सार्वजनिक भएको,’ उनले भने, ‘बिचौलियाहरूले बजेट बनाएको त हैन भनेर हामीले आशङ्का गर्दै आएका थियौँ, यो समाचारले पुष्टि गरेको छ।’
क्युआर वितरण गरेर रकम माग गरिएको विषयमा छानबिन गर्न उनले माग गरेका छन्।
उनले गम्भीर विषय उठेपछि नैतिकताको आधारमा मन्त्रीले राजीनामा दिनु पर्ने उनको माग छ। यो गम्भीर विषयमा सरकार समेत गम्भीर हुनुपर्ने उनको भनाई छ।
Shares

प्रतिक्रिया