कोशी


कोसी लगानी सम्मेलन : ४६ परियोजनाका लागि १ खर्ब ५२ अर्बको लगानीमा हस्ताक्षर

कोसी लगानी सम्मेलन : ४६ परियोजनाका लागि १ खर्ब ५२ अर्बको लगानीमा हस्ताक्षर

सुमन सुस्केरा
बैशाख १९, २०८२ शुक्रबार १७:५५, विराटनगर

कोसी प्रदेशको लगानी सम्मेलनमा ४६ वटा परियोजना सञ्चालनको लागि सम्झौता भएको छ। ७१ वटा परियोजनाको कुल १ खर्ब ७३ अर्ब ४९ करोड लगानी अनुमान सहित लगानी सम्मेलन सुरु भएको थियो। 

लगानी सम्मेलनमा ४६ परियोजनामा १ खर्ब ५२ अरब १९ करोडका परियोजनामा सम्झौता भएको छ।  

सबैभन्दा ठलो परियोजनाको रूपमा किङ्कर म्यानुफ्याक्चरिङ प्लान्ट परियोजनाकालागि ३२ अर्बको सम्झौता भएको छ। त्यस्तै ग्रिन युरिया मानुफ्याक्चरिङ फेसिलिटी परियोजना २६ अर्बको लगानी गर्ने गरी सहमति पत्रमा हस्ताक्षर भएको छ।

बायोइथानोल परियोजना ४ अर्ब, हर्बल प्रोसेसिङ प्लान्ट प्रोजेक्ट  १ अर्ब १६ करोड, पाँचखपन हाइड्रो पावर सङ्खुवासभा १ अर्ब ४२ करोड, एग्रोभोल्टिक सोलर परियोजना ५ अर्ब ६० करोडमा सम्झौता भएको छ। इलेक्ट्रिक भेहिकल एसेम्ली प्लान्ट प्रोजेक्ट ३ अर्बको परियोजनामा पनि सम्झौता भएको छ।  

त्यस्तै पवन सारडाले पशुपति इनर्जी प्रोजेक्ट कालागि १ अर्ब ६० करोडको एमओयुमा हस्ताक्षर गरेका छन्। विराटनगरका उद्योगी राजेन्द्र राउतले आरआर इन्टरनेशनल हस्पिटलकोलागि २ अर्ब ४८ करोडको लगानी सम्झौतामा हस्ताक्षर गरेका छन्। यो अस्पतालको निर्माणको काम अहिले भइरहेको छ।  

पाँचतारे होटल एन्ड विराटनगर प्रोजेक्ट १ अर्ब ७५ करोडको लगानीमा  कृषि विकास बैङ्कले ९५ करोड लगानी गर्ने सम्झौता भएको छ। त्यस्तै वराहक्षेत्र केबलकार परियोजना अरुणकुमार सुबेदीले लगानी गर्ने भएका छन्। उनले धनकुटा र सुनसरीमा स्टेसन रहने गरी १६ अर्बको लगानीमा सम्झौता गरेका हुन् । उनी मुक्तिनाथ केबुलकारको लगानीकर्ता पनि हुन्।

एक्सेस हस्पिटालिटी पाँच तारे होटल परियोजनामा २ अर्ब ३० करोड लगानीको सम्झौता भएको छ। कोसी पोडवे परियोजनाकोलागि ५ अर्बको सम्झौता भएको छ। 

सुरुङ्गा हुँदै, इलामबाट सन्दकपुरसम्म माउन्टेन पोेडवेकालागि २५ अर्बको लगानी गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक डा सरोज कोइरालाले जानकारी दिए। उनका अनुसार, मुर्कुची लिम्चुङबुङ हलेसी केबुलकार पोड रेल परियोजनाको १० अर्बको लगानीमा सम्झौता भएको छ।  

विराटनगरमा अर्को ठुलो लगानी होटलमा भित्रिएको छ। रोयल टन होटलकोलागि  प्रत्युस राउतले २ अर्ब ३३ करोडको लगानीमा सम्झौता भएको हो।

भेडेटार एसिया टिक रिसोर्टकोलागि १८ करोडको लगानीमा सम्झौता भएको छ।  पुण्य भट्टराईले भेडेटारमा एसिया टिक होटेल यस अघि सञ्चालन गरेर बन्द गरिसकेका छन्। विग हाउजिङ एन्ड कन्स्ट्रक्सन बिर्तामोडमा ६० करोडको सम्झौता भएको छ।  

बर्जुताल टुरिजम प्रोजेक्ट सुनसरीका लागि ४ अर्ब २८ करोडको लगानीमा रोजी राई प्रधानले सम्झौतामा हस्ताक्षर गरेकी छिन्। मल्टी स्टोरियो बस टर्मिनल काँकडभिट्टा परियोजनाकोलागि ४० करोड, देउमाई कफी फार्मिंङ परियोजना २२ करोड, टर्मरी प्रोडक्सन एन्ड प्रोसेसिङ सेन्टर प्रोजेक्ट, वराहक्षेत्रको १९ करोड लगानी गर्ने गरी सम्झौता भएको छ।

ग्रिन यार्ड एग्रो फार्म ४५ करोड, ओसिएन ट्रेडिङको २७ करोड, एग्रो प्रडक्ट ८० करोड, किवी फार्मिङ प्रोसेसिङ इण्डष्टिज एन्ड एग्रिकल्चिर टुरिजम प्रोजेक्ट २५ करोड, प्रेसिडेन्ट एग्रोटेक सुनसरीले २० करोड, शिव शक्ति वायोटेक परियोजना २७ करोड लगानीकोलागि सम्झौता भएको कोइरालाले जानकारी दिए।  

एभोकाडो फार्मिङ प्रोसेसिङ इन्डस्ट्री रिसर्च सेन्टर एन्ड एग्रो टुरिजम प्रोजेक्ट धनकुटाको ६४ करोड, कोदाको रक्सी ब्रण्डिङ परियोजना ४० करोड, बायोफर्टिलाईजर एन्ड प्रोडक्सन एन्ड रिसर्च सेन्टरको लागि ६० करोड, एग्रो प्रोसेसिङ  सेन्टर प्रोजेक्ट ९ करोड, कोल्ड स्टोरेज च्याम्बर्समा १५ करोड, बरुवा बिजनेस कम्प्लेक्स एन्ड बसपार्क उदयपुरको लागि १८ करोड लगानीमा सम्झौता भएको छ।

त्यस्तै भेडेटार मल्टिपर्पोज कम्प्लेक्सकोलागि ३० करोडको लगानीमा हस्ताक्षर भएको छ भनेँ आईसिटीको तर्फबाट डिजिटल डेटा सेन्टर परियोजनामा २५ करोड र डिजिटल कोसी प्रदेशको लागि २२ करोड लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।

त्यस्तै वेस्ट म्यानेजमेन्ट सेन्टर परियोजना सुनसरीकोलागि १० करोड र अर्बिन सोलिड वेस्ट म्यानेजमेन्ट परियोजना झापामा लगानी गर्न ५० करोडको लगानी सम्झौता भएको छ।  

रासताल टुरिजम प्रोजेक्ट सुनसरीकालागि ८० करोड, वाटर पार्क प्रोजेक्टको २५ करोड, राजा ताल टुरिजम प्रोजेक्ट धनकुटा ३५ करोड, बुढीगंगा पार्क प्रोजेक्ट १७ करोड, राजा रानी टुरिजम प्रोजेक्ट लेटाङमा २३ करोड रहेको कार्यकारी निर्देशक कोइरालाले जानकारी दिए। यो सम्झौतासँगै कोसी प्रदेश सरकारले गरेको लगानी सम्मेलन सफल भएको जनाएको छ। 

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लगानी सम्मेलनमा सोचेको भन्दा धेरै लगानीमा हस्ताक्षर भएकोमा खुसी व्यक्त गरे। उनले कोसी प्रशस्त लगानी गर्ने ठाउँको रूपमा देश र विदेशलाई चिनाउन सफल भएको दाबी गरे।

बिहीबारदेखि सुरु भएको लगानी सम्मेलन प्रधानमन्त्री  केपी शर्मा ओलीले उद्घाटन गरेका थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad