राजनीति


नीति तथा कार्यक्रम राष्ट्रिय सभामा टेबुल

नीति तथा कार्यक्रम राष्ट्रिय सभामा टेबुल

नेपालखबर
बैशाख १९, २०८२ शुक्रबार १८:७, काठमाडौँ

राष्ट्रिय सभामा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम टेबुल भएको छ।

सभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गरे। 

सभाको बैठकले राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि धन्यवाद ज्ञापन समेत गरेको छ।

सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राखेको धन्यवादको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad