कोशी


कोसीमा आठवटा ऐन अध्यादेशमार्फत संशोधन

कोसीमा आठवटा ऐन अध्यादेशमार्फत संशोधन

नेपालखबर
बैशाख १६, २०८२ मंगलबार १८:२६, विराटनगर

कोसी प्रदेश सरकारले अध्यादेशमार्फत ८ वटा ऐन संशोधन गरेको छ। 

आसन्न प्रदेश लगानी सम्मेलनलाई लक्षित गर्दै मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ऐनहरू अध्यादेश मार्फत संशोधन गरेको प्रदेश सरकारले जनाएको छ।

केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेको छ।

स्वदेशी तथा विदेशी लगानी कर्ताहरूलाई प्रवेश गराउनको लागि अनुकूल वातावरण सिर्जना गर्नकोलागि भन्दै ८ वटा ऐनहरूलाई संशोधन गर्न केही प्रदेश ऐन संशोधन अध्यादेश जारी गरेको हो।

सरकारले पठाएको केही ऐन संशोधन गर्न बनेको अध्यादेश २०८२ कोसी प्रदेश प्रमुख पर्शुराम खापुंगबाट जारी भएको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए।

स्वीकृत अध्यादेश आजै राजपत्रमा प्रकाशित गरी नागरिकसम्म पुग्ने सरकारले जनाएको छ। 

अध्यादेश मार्फत संशोधन गरिएका ऐनहरूमा सार्वजनिक निजी साझेदारी ऐन २०७६, प्रदेश सहकारी ऐन २०७६, प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६, प्रदेश भवन ऐन २०७६, प्रदेश औद्योगिक व्यवसाय ऐन २०७७, प्रदेश पर्यटन विकास ऐन २०७६, कोसी प्रदेश निजी तथा साझेदारी फर्म रजिस्ट्रेसन ऐन २०७७ र प्रदेश वन ऐन २०७७ लाई अध्यादेश मार्फत संशोधन गर्ने निर्णय भएको सरकारका प्रवक्ता भण्डारीले बताए। 

कोसी प्रदेश लगानी सम्मेलनको सन्दर्भमा १६ वटा नीतिगत प्रतिवद्धताहरू सार्वजनिक गर्ने सरकारले निर्णय गरेको उनले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad